११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपाबाट मेयरमा तीनजना सिफारिस

धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा मेयर पदको उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक महिलासहित तीनजनाको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ। नेकपा धरान उपमहानगर कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले मेयरको उम्मेदवारका लागि महिला नेत्री वेणु काफ्ले (खतिवडा), प्रकाश राई र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम सिफारिस गर्ने निर्णय गरेको हो। तीनैजना नेकपा सुनसरी जिल्ला कमिटीका सदस्य हुन्।

कांग्रेसमा उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय पदाधिकारीलाई अधिकार दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटका लागि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ।

कांग्रेस बैठकः उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिएको छ।

कांग्रेसको विरासत भत्काउने दाउमा नेकपा

प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ।

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुङ्गो

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ। गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए।

संखुवासभामा चुनावी चहलपहल

उपनिर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ। जिल्लाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिकाको वडा नम्बर ३ मा उपनिर्वाचन हुँदैछ। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको भएको थियो।

प्रमुख दलले उम्मेदवारको टुंगो लगाए

उपनिर्वाचन आउन एक महिना बाँकी  रहँदा पाँचथरका मुख्य प्रतिस्पर्धी मानिएका दलले उम्मेदवार टुंगो लगाएका छन्। एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धी मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र अन्य  दलहरुले उम्मेदवार टुंगो लगाएका हुन्।

दलले गरे आचारसंहिता पालनाको प्रतिबद्धता

सरकार र प्रमुख राजनीतिक दलले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा आचारसंहिता पूर्णरूमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा, कांग्रेस र नेमकिपा मुख्य प्रतिस्पर्धी

एक महिनापछि मंसिर १४ गते हुने उपनिर्वाचनसँंगै भक्तपुर पनि तातेको छ। उपनिर्वाचनका क्रममा भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा पनि निर्वाचन हुने भएपछि पूरै जिल्ला नै तातेको हो।

कांग्रेसले आइतबार उम्मेदवार छान्ने

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारको टुंगो आइतबार मात्र लगाउने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार पार्टी पदाधिकारीको बैठकले आइतबार मात्र उम्मेदवारको टुंगो लगाउने समझदारी गरेको हो।

तीन वडामा निर्वाचनको तयारी

भरतपुर महानगरपालिका– १६ र खैरहनी नगरपालिकाका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी अघि बढेको छ।

वडाध्यक्षमा नेकपाबाट मियाको नाम सर्वसम्मत

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि रौतहटको गढीमाई नगरपालिका–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ।

साझा पार्टीले तोक्यो उम्मेदवार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ।

बाँकेमा प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश

कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्