१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बसको ठक्करबाट प्रधानाध्यापक ओझाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा भएको सडक दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा मोरङ पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझा रहेका छन्।

‘पुच्छ्रे' ट्रयाक्टरकाे 'खेप' लाउने प्रतिस्पर्धाः ठक्करबाट ३ काे मृत्यु

सिरहाको दुई अलग स्थानमा भएको ट्रयाक्टर  दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पिप्रा प्रपि–५ (भित्री सडक) मा मंगलबार राति अनटेष्ट ट्रयाक्टर पल्टिँदा सोही ठाउँका  रुपेश यादव र हरेराम यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते नितेश यादवको सिरहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई दुर्घटनामा चारको मृत्यु

सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा प्रपि–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ।

रुखबाट लडेर युवकको मृत्यु

बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताए।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

रौतहटमा कोइला बोकेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ। रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ पोठियाही टोलका ५५ वर्षीय विपत चौधरी कलवारको ट्रकको ठक्करबाट घटना स्थलमै ज्यान गएको हो।

कारबम विस्फोटमा ३९ व्यक्तिको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ। उद्धारकार्यमा लागेका उद्धारकर्मीले सो जानकारी दिएका हुन्। यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचन भएयता यो पहिलो ठूलो आक्रमण भएको बताइएको छ।

उडिरहेको विमान सपिङ सेन्टरमा ठोक्किएर विस्फोट, ५ जनाको मृत्यु

अष्ट्रेलियाको प्रमुख सहर मेलबर्नको सपिङ सेन्टरमा एउटा विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको थियो।

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

औषधी लिन आएका बढुवालको भिरबाट खसेर मृत्यु

सदरमुकामबाट दुई घण्टा टाढा रहेको रोवा गाविसको ढुङ्गेधारा स्वास्थ्य चौकीको औषधी लिन जिल्ला स्वास्थ्य कार्यालय आउँदै गरेका कार्यालय सहयोगिको भिरबाट खसेर मृत्यु भएको छ।

विद्यार्थीको मृत्युका कारण बनेपामा तनाव, सात राउण्ड हवाइ फायर

बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ। आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ।

खुकुरी प्रहारबाट एकको मृत्यु

खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन्।

लडेर दृष्टिविहीन छात्राको मृत्यु

दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ। मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन्। म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो।

जडिबुटीको रस खाँदा बैतडीमा एक जनाको मृत्यु

बैतडीको उत्तरी च्वागड क्षेत्रको थलाकाँडा-१ बजाडामा जडिबुटीको रस खाँदा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था चिन्ताजनक छ। शनिबार बेलुका ७ बजे आकाशबेलीनामक जडीबुटी खाँदा २३ बर्षीय दिपेन्द्र रोकायाको मृत्यु भएको छ।

भ्यानकाे ठक्करले पैदलयात्रुकाे मृत्यु, एक युवा मृत फेला

भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा बा ८ च ८८३० नम्बरको भ्यानले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

घर लिप्ने माटाे लिन जाँदा ढिस्काेले पुरिएर एकको मृत्यु

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शनिबार एक महिलाको ज्यान गएको छ, भने एक गम्भीर घाइते भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्