८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचनः प्रदेश २ मा पाँच निर्विरोध

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर दुईबाट आठ जना निर्वाचित हुनुपर्नेमा दलित, अल्पसंख्यक तथा महिला समेतगरी पाँच जना निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन्।

राष्ट्रियसभा निर्वाचन : सबै खाले सुरक्षा रणनीति अपनाइने

राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ। विहीबारदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो।

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेश सभातर्फको समानुपातिक नतिजा (नाम सहित)

निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ ।

राष्ट्रियसभा निर्वाचनबारे आयोगले गर्‍यो दलहरुसँग छलफल

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ। आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराए।

निर्वाचन आयोग र पाँच दलबीचको बैठक जारी

निर्वाचन आयोग र प्रमुख पाँच दलबीचको बैठक निर्वाचन आयोग कान्तिपथमा जारी छ। बैठकमा कानुनी अडचन, राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनलगायतका विषयमा छलफल भैरहेको आयोगका सहप्रवक्ता मुकुन्द शर्माले बताए ।

निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्छ : आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन्।

माघ ७ अघि प्रदेश सांसदको सपथ नभए राष्ट्रियसभाको निर्वाचन के हुने ?

‘राष्ट्रियसभा निर्वाचनका लागि  मतदाता नामवाली सार्वजनिक गर्नुअघि नै निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेशसभाको अन्तिम परिणाम बुझाउनु पर्छ । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम  नबुझाए आयोगले कसरी मतदाता नामावली सार्वजनिक गर्न सक्छ ?’

राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, प्रतिनिधिसभाले फागुन ७ पछि पूर्णता पाउने

निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ। आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचन खर्चको सीमा निर्धारण

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ। आयोगको आइतबारको बैठकले निर्वाचन खर्चको अधिकतम हद तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

डोटीमा निर्वाचन अधिकृत कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि शनिबार डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोछ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न प्रदेश ७ को निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे ।

दाङमा प्रादेशिक निर्वाचन कार्यालय   : ‘राजधानीको अर्को आधार’

शनिबार स्थापना गरिएको निर्वाचन अधिकृतका कार्यालयलाई प्रादेशिक राजधानीको अर्को बलियो आधारका रूपमा दंगालीले हेरेका छन् । संवैधानिक व्यवस्था अनुरूप उच्च अदालत भएको स्थान वा उच्च अदालतका मुकाम भएको स्थानमा पनि निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न सकिने भन्ने छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्