२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्छः मन्त्री भुसाल

'ऊर्जाको आन्तरिक खपत बढाउनुका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी छ, जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ।' 'यस अर्थमा हामीले ९५ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको पहुँच पुगेको मान्न सकिन्छ, उनले भनिन्, आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन भइरहेको छ।'

हाइटी भूकम्पको एक वर्षः दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

ती विद्यालय भवनहरु निर्माण गर्न वर्षौँसम्म लाग्नसक्ने राष्ट्रसंघीय प्रवक्ताले जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ। सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरुका कारण राष्ट्रसंघीय बालकोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो।

गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ।

सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो।

इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए। ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ।

ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरी बढ्न सक्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ। राष्ट्रसंघीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको हो।

रोहिंग्या शरणार्थीद्वारा विरोध प्रदर्शन

काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि रोहिंग्या शरणार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो: राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था 'अत्यन्तै डरलाग्दो' रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ।

रुस-युक्रेन युद्धमा कोही विजेता हुँदैन: संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ।

सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन्।

'इथियोपियामा मानवीय सहायताका पर्याप्त भएन'

संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ।

अफगानिस्तानमा चरम भोकमरी

अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ। दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन्।

सर्वसाधारणमाथि भएको हमलाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव युक्रेनमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पगेका छन्। उनले सो कुरा ट्वीट गरेर जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्