१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

रोहिंग्या शरणार्थीद्वारा विरोध प्रदर्शन

तस्बिर: प्रसन गुरुङ/नागरिक

काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि रोहिंग्या शरणार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन्।

विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन्। म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे।

यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरुमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरुको भनाइ छ। प्रदर्शनकारीहरुले सोमबार प्रहरी प्रशासनबाट महिला, बालबालिकाहरु कसैको पर्वाह नगरी लाठी चार्ज गरेर निर्दयको भाव देखाएको बताए। श्रीलंकाबाट नेपालमा आइ शरणार्थीको रुपमा बसोवास गरिरहेका सुरेशकुमार राजेश्वरले २०१५ सम्म सहयोग गरेपनि यूएनएचसीआरले पछिल्लो समय बेवास्ता गरिरहेको बताए।

उनले बालबालिकाहरुलाई निजी विद्यालयमा पढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकोले यो समस्य समाधान गर्न आफू प्रदर्शनमा आउनुपरेको बताए। यूएनएचसीआरले खान, बस्न र बालबालिकाको अध्ययानको लागि आर्थिक सहयोग गर्दै आइरहेपनि पछिल्लो समय सरकारी विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने र आफूलाई दिइने रकम पनि दिन छोडेको गुनासो गरे।

रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमबारबाट बिरोध प्रदर्शन गरिरहेको छ। मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमतः पालना नगर्दा आफ्ना बालबालिकाहरुको अधिकार हनन भएको उनीहरुको गुनासो छ।

प्रकाशित: १४ असार २०७९ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App