७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

नाबालकको उमेर हद बढ्यो

नेपालमा नाबालकको उमेर हद २ वर्ष बढाइएको छ । मुलुकी ऐनअनुसार १६ वर्ष उमेरसम्मलाई नाबालक मान्ने गरिएकोमा त्यसमा संशोधन गरी १८ वर्ष बनाइएको हो । मुलुकी देवानी संहिता ऐन, २०७४ मा अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै १८ वर्ष उमेरसम्मकालाई नाबालक परिभाषित गरिएको हो ।

दुई नाबालक छोरासहित मृत भेटिइन् महिला

भाइटीकाको दिनदेखि हराइरहेकी भैरहवाकी एक महिला दुई नाबालक छोरासहित मृत अवस्थामा फेला परेकी छिन्। सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाकी २८ बर्षे सुधा मल्लाह, उनका पाँच बर्षीय छोरा कुनाल मल्लाह र डेढ बर्षीय छोरा फुच्चे मल्लाह भैरहवाकै डण्डाखोलामा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए।

कुपोषणका कारण नाबालकको मृत्यु

कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्