६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुवातास खेल्ने १३ जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै घटनामा जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले यही बैशाख २८ गते साँझ काठमाडौं महानगरपालिका १ मैत्रीनगरस्थित पर्साका श्याम कुमार विकले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अबस्थामा नगद ११ हजार ६० सहित काठमाडौं चन्द्रागिरी नगरपालिकाका १५का नवराज विश्वकर्मासहित ४ जनालाई पक्राउ गरेको छ।

हत्या गरेर फरार अभियुक्त नौ वर्षपछि पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार व्यक्तिलाई नौ वर्षपछि पक्राउ गरेको छ।

सात जना बालक पक्राउ

पाँच दिनअघि इनरुवा वडा नं. २ स्थित बालमन्दिर माध्यमिक विद्यालयको मूलगेटको ताला फोडेर कम्प्युटर कक्ष र लेखापाल कक्षको सामान चोरी भयो।

प्रअमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

खोटाङमा मापसे गरेर प्रधानाध्यापकमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन्। व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन्। सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको व्यवस्थापन समितिको बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेका थिए। सोही आरोपमा शिक्षक खेमराजलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो।

ठगी आरोपमा सिंह पक्राउ

बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।

याक एण्ड यति होटलबाट १२ भारतीय प्रहरीकाे नियन्त्रणमा

नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

हेरोइनसहित भारतीय पक्राउ

मोरङको धनपालथान–३ स्थित भित्री सडकबाट भारततर्फ लैजाँदै गरेको सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

एक क्विन्टल गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

श्रीमती जलाउने मुकेश भाउजूसहित पक्राउ

भाउजूसँग शारीरिक सम्बन्ध कायम राख्न दश महिनाअघि मात्र बिहे गरेकी श्रीमतीलाई जलाउने धनुषा सहिदनगरका मुकेश गोइतलाई प्रहरीले तीन सातापछि पक्राउ गरेको छ।

चोरीको मोटरसाइकलसहित पक्राउ

चोरी भएको बा७८प ४८२० नम्बरको मोटरसाइकलसहित प्रहरीले काठमाडौं बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठलाई पक्राउ गरेको छ।

७ हजार रुपैयाँ घुससहित फरेस्टर समातिए

रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

भेनेजुएला : विपक्षी नेता गुएडोका शीर्ष सहयोगी पक्राउ

भेनेजुएलामा राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका विपक्षी स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन् । गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो । गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन् ।

अर्काको मुखमा दिसा कोच्चाउने महिला पक्राउ

बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

अंग प्रत्यारोपण केन्द्रका आन्दोलनरत नर्स पक्राउ

विभिन्न माग लिएर आन्दोलनमा उत्रिएका धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका ६ जना नर्सलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल नर्सिङ संघको हातामा बुधबार धर्ना बसिरहेका बेला उनीहरु पक्राउ परेका हुन्।पक्राउ परेका नर्सहरुलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको र बुधबार साँझसम्म रिहा नगरिएको जनाइएको छ। तालाबन्दी गरेर कार्यालय खोल्न बाधा पारेका कारण उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका डिएसपी विनोद घिमिरेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्