उच्च आत्मबलमा नेपाली टोली
पहिलो पटक एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता नेपालमा आयोजना हुँदा सर्वाधिक सात टोलीले सहभागिता जनाउँदै छन्। सोमबारबाट हुने प्रतियोगिताका लागि सातै टोली नेपाल आइसकेका छन्।
पहिलो पटक एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता नेपालमा आयोजना हुँदा सर्वाधिक सात टोलीले सहभागिता जनाउँदै छन्। सोमबारबाट हुने प्रतियोगिताका लागि सातै टोली नेपाल आइसकेका छन्।
एभिसी सेन्ट्रल जोनको पूर्वसन्ध्यामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल सिरिज नेपालले जितेको छ। बुधबार सम्पन्न पहिलो खेलमा ३–२ सेटको जित निकालेको नेपालले बिहीबार पनि सोही लयलाई कायम राख्दै घरेलु मैदानमा सिरिज हात पारेको हो।
‘नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा यतिको प्रदर्शनले प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ। अफगानिस्तानभन्दा अरू टोली अझै बलिया छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीले अझै मिहिनेत गर्नुपर्छ।’
एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनशीपकाे पूर्वसन्ध्यामा भएको अफगानिस्तानसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।
भदौ पहिलो साता नेपालमा आयोजना हुने लिबएसियन भल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको औपचारिक टुङ्गो लागेको छ। मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान एबिङले प्रशिक्षण दिइरहेको नेपाली टोलीको टुङ्गो लागेको भलिबल टोलीका व्यवस्थापक मंगल श्रेष्ठले जानकारी दिए। नेपालमा आयोजना हुन लागेको पाँचौं संस्करणको प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका १८ सदस्यीय खेलाडीबाट १४ सदस्यीय खेलाडीको टुंगो लगाइएको हो।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबका विजय थापा र बलिराम चौधरीको जोडीले पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा शनिबार सम्पन्न फाइनलमा विजय र बलिरामको जोडीले आयोजक ढोरपाटनका मनवीर छन्त्याल र शोभित रानामगरलाई सोझो सेटमा स्तब्ध बनाउँदै उपाधि आफ्नो बनाएको हो।
एभीसी एसियन सिनियर मेन्स भलिबलको तयारीमा रहेका टिम नेपाल र अफगानिस्तानले प्रतियोगिता अगाडी नै २ मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
हाम्रो भलिबल र मुलुकको इज्जतसँग जोडिएको एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता कुनै हालतमा सफल बनाउनुपर्छ। यहाँ आउने विदेशी पाहुनामाँझ क्या गरे है भन्ने बनाउनुपर्छ।
सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ।
सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।
एक समय कोमामा रहेको नेपाली भलिबल पछिल्ला केही वर्षयता बिस्तारै जुरमुराउने प्रयास गर्दै छ। भलिबललाई राष्ट्रिय खेल बनाएपछि यसको विकास क्रमले थप उचाइ लिँदै छ।
नेपाली जनसम्पर्क समिति (जेएसएस) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा भएको जेएसएस भलिबलको उपाधि नेप्लिज पोचुगलिष्ठ समाज नर्वे (नेपोस) र हेल्पिङ ह्यान्ड नेपालले जितेको छ। पुरुषतर्फको उपाधि नेपोस्ले हात पारेको हो भने महिलातर्फको उपाधि हेल्पिङ ह्यान्डले हात पारेको हो।
साउन अन्तिम साता काठमाडौंमा आयोजना हुने एसियन भलिबल कन्फडरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँबराबरको प्रायोजन गर्ने भएको छ।
आगामी साउन ९, १० र ११ गतेलाई तय भएका तीन वटा मैत्रीपूर्ण खेललाई भारतको भलिबल संघले अन्तिम समयमा आएर नखेल्ने जनाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’ अन्तर्गत बुधबार भएको फुटबलतर्फ जुम्लाको नन्दबक्स गण विजयी भएको छ ।