२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।

निर्वाचनमा तालमेल टुंगो केन्द्रीय समितिबाट

वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै फागुन २९ गतेबाट एकमहिने अभियान सञ्चालन गर्ने घोषणा गरेको कांग्रेसले अहिले नै चुनावी तालमेलका विषयमा पार्टीले निर्णय गरिनसकेको जनाएको हो।

नेकपा एसको आरोपः एमाले दक्षिणपन्थी धारमा रुपान्तरण

मुलुकमा अहिले एउटा अलोकतान्त्रिक दक्षिणपन्थी अवसरवादी धार तथा अर्को संविधानको पूर्ण कार्यान्वयन र समाजवाद चाहने वाम–लोकतान्त्रिक धार छ। अघिल्लो धारको मूलवाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा गठबन्धनमा रहेका पाँच दल हुन्। माधव नेपाल अध्यक्ष, नेकपा एस

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्।

प्रधानमन्त्री देउवा-फ्रान्सेली प्रतिनिधिमण्डल भेट: व्यापार र लगानी अभिवृद्धिमा जोड

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।

कांग्रेस चुनावी अभियानः एमसीसी पारितदेखि कोरोना खोपसम्मको प्रचार गरिने

कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो।

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन्।

सरकारले चाहे तत्काल रेल चलाउन सकिन्छ: निरञ्जन झा

जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ।

एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन्।

चुनावका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

एमसीसीलाई लिएर धेरैले भ्रम छरे, यो नेपालकै हितमा छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को वकालत गरेको बताएका छन्।

सत्तारुढ दलहरुबीच निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो: माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गरेका छन्।

सुनको मूल्य एक लाख पाँच हजार पाँच सय पुग्याे

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबीसुनको मूल्यतोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन पाैडेलकाे आग्रह

नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए।

भक्तपुरमा ढक–तराजु नवीकरण डोर सुरु

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिका क्षेत्रमा ढक–तराजु नवीकरण तथा दर्ता कार्य थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्