११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आयोजक टेबल टेनिसमा उपाधिनजिक

आयोजक मोडर्न इन्डियन स्कुल एमआइएस कप २०१९ को टेबलटेनिस छात्रछात्रा दुवै विधातर्फ उपाधि नजिक पुगेको छ। आइतबार भएको छात्र सेमिफाइनलमा मोडर्न इन्डियन स्कुलले स्वर्णिम स्कुललाई ३–० ले हराएको हो। त्यस्तै सैनिक आवासीय विद्यालयले पनि त्रियोग स्कुललाई ३–२ ले हराउँदै मोडर्न इन्डियन स्कुलसँगको फाइनल भेट पक्का गरेको हो।

सन्दिल र अशुत्तम सेमिफाइनलमा

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सन्दिल राई र अशुत्तमकुमार रोयको जोडी १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ब्वाइज डबल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भारत र पाकिस्तानका लागि तटस्थ स्थल

यसै महिना पाकिस्तान र भारतबीच हुने डेभिस कप टेनिस प्रतियोगिता सुरक्षाका कारण देखाउँदै तटस्थ स्थानमा खेलाउने अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) जनाएको छ।

अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक नेपालमा

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबलटेनिस खेलाडीहरूलाई प्रशिक्षण गर्न स्विट्जरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन्।

सागका लागि टेबलटेनिस खेलाडी छनोट

नेपालमा हुने १३औँ दक्षिण एशियाली  खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ। पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए।

टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ। पुरुष÷महिला दुवैमा समान ५ खेलाडी छनोट भएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्।

थापालाई दोहोरो उपाधि

नेपालका भेट्रान टेनिस खेलाडी कमल थापाले पोखराको टेनिस कोर्टमा बुधबार दोहोरो उपाधि जितेका छन्। उनले ५५ वर्षमाथि एकल र युगलको उपाधि उचाल्दै पोखरा बसाइ अविस्मरणीय बनाएका हुन्।

३५ वर्षमाथिको उपाधि विकासलाई

पोखरेली युवा खेलाडी विकास गुरुङले बुटवलका सञ्जयकुमार श्रेष्ठलाई पराजित गर्दै ३५ वर्षमाथिको उपाधि जितेका छन्। बिहान परेको सिमसिमे पानीले केही ढिलो गरी सुरु भएको प्रतियोगिताको चौथो दिन मंगलबार विकासले बुटवलका सञ्जयलाई पराजित गर्न धेरै लामो समय भने खर्चिएनन्।

थापाको जित निरन्तर

नेपाली उमेरसमूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जित शृंखला दाहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे।

इभालाई यू–१२ टेनिसको उपाधि

नौलिन स्पोर्टस भिल्लाले जुनियर टेनिस इनिसिएटिभ (जेटिआई) सँगको सहकार्यमा आयोजना गरेको दोस्रो नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियसिप अन्तर्गत गल्सतर्फ अन्डर १२ (यू–१२) को उपाधि इभा अधिकारीले जितेकी छिन्।

एकलमा हार, युगलमा जित

पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजित एनआइसी एसिया बैंक विश्व वरीयता ग्रेड ४ टेनिस च्याम्पियनसिपको दोस्रो दिन आइतबार ५५ वर्षमाथिको उमेर समूहमा शेरचन एकल प्रतिस्पर्धामा सोझो सेटबाट पराजित हुँदै बाहिरिए।

थापाको विजयी सुरुआत

शनिबारदेखि पोखरामा प्रारम्भ एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर विश्ववरीयता जी–४ टेनिस च्याम्पियनसिपमा थापाले ५५ वर्षमाथिको उमेरसमूहमा भारतीय खेलाडी एसएन वसिष्ठलाई सोझो सेटमा पराजित गर्दै गतिलो सुरुआत गरे।

वैद्य एसियन टेबल टेनिस युनियनमा

अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य एसियन टेबल टेनिस युनियनको जुनियर्स कमिटीको सदस्यमा चयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्