१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

स्यान्टुको पुनरागमन

काठमाडाैँ – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका छन्।

गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा स्यान्टु मोटरसाइकल दुर्घटना परी सहभागी हुन वन्चित भएका थिए। स्यान्टु असोज ८ गते मोटरसाइकल दुर्घटनामा परेका थिए।

अन्तिम छनोटमा सहभागी हुन नपाए पनि अखिल नेपाल टेबलटेनिस संघले चिकित्सकको सल्लाहअनुसार स्यान्टु साग अगावै खेल्न ‘फिट’ हुने निर्णयपछि स्यान्टुलाई शीर्ष ५ मा छनोट हुने खेलाडीसँग पुनः छनोट खेल्न मौका दिने प्रावधान राखेको थियो।

त्यहीप्रावधान अनुरूप स्यान्टुले आइबारै शीर्ष ५ मा छनोट भएका खेलाडी सुनील महर्जनसँग प्रतिस्पर्धा गरेका थिए। त्यस प्रतिस्पर्धामा स्यान्टु ११–२, ११–८ र ११–४ को सोझो सेटमा विजयी हुँदै छनोट भए।

प्रकाशित: १८ कार्तिक २०७६ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App