१८ असार २०८१ मंगलबार
image/svg+xml

ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस

आइतबार सबेरै काठमाडौंको माइतीघर क्षेत्रमा टोपी बचाउ अभियानमा लागेका युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो। उपस्थित भएका सबैले शीरमा ढाकाटोपी ढल्काएका थिए। उपस्थित युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।

कैदीलाई ढाका बुन्ने तान

जिल्ला कारागार शाखा खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ। कारागारका महिला तथा पुरुष कैदीबन्दीले व्यवसायिकरुपमा प्रयोग गर्न पाउने गरी पाँच थान ढाका बुन्ने तान प्रदान गरिएको हो।

तिहारमा पाल्पाली ढाकाको कारोबारमा वृद्धि

तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल हिजोआज आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

तिहारलाई करोडको ढाकाटोपी

ढाकाटोपी लगाएको देख्दा नाक खुम्च्याउने युवायुवती धेरै छन्। तर, तिहारमा सयपत्री र मखमली फूलको मालासरह ढाकाटोपीले पनि महत्व पाउँछ। त्यसैले त यो बेला ढाकाटोपीको व्यापार निकै बढ्ने गरेको छ। पोखरामा मात्र तिहारमा करिब एक करोड रुपैयाँ मूल्यको ढाकाटोपी बिक्री हुने व्यवसायीको अनुमान छ।

इदका अवसरमा दिइएका बलीका कारण ढाकामा सडक रगताम्मे

मुस्लिमहरुको ठूलो चाड मनाउने क्रममा दिइएको बलीका कारण ढाकाका सडकसमेत रगताम्मे हुन पुगेका छन्।

ढाका बुनेर मुटुको उपचार गराउँदै शोभा

पालुङटार (गोरखा)- मर्स्याङदी नदीको छेवैमा भएपनि भदौरे घामले धपक्क बलेको पालुङटारको नयाँबजार। यो बजार हुँदै हवाईमैदान तिर आउजाउ गर्दा सडकछेउ बाट दिनहुँजसो आईरहने टक्र्याक्क–टक्र्याक्क आवाजले पैदलयात्रुको ध्यान तान्छ।

गोबरगाढाका डेढसय परिवार सम्पर्क विहीन, ४ हजार बढी परिवार प्रभावित

सप्तकोसी नदीले चारैतिरबाट घेरिएको सप्तरीको गोबरगाढा गाउँका झण्डै डेढ सय परिवार पछिल्लो दुई दिनदेखि सम्पर्क विहीन रहेका छन्। सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालका अनुसार चारै तिर कोसी नदीले घेरिएर रहेका कारण त्यहाँसम्म प्रहरी पठाउन पनि अप्ठ्यारै रहेको छ। पछिल्लो दुई दिन यता कोसी नदीमा पानीको बहाव उच्च रहेको छ। शनिबार साँझ कोसी नदीमा यस वर्षकै उच्च बहाब रहेको थियो।

ढाकाको एक क्याफेमा हमला, २० विदेशी नागरिक बन्धक

बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा उग्रवादी समूहले हमला गरेर केही मानिसलाई बन्धक बनाएका छन्।

सन्नी लियोनी ढाका टोपीमा

बलिउड अभिनेत्री सन्नी लियोनी ढाका टोपीमा देखिएकी छन्। उनले आफ्नो ट्विटरमा ढाका टोपी लगाउको तस्विर सार्वजनिक गरेकी हु्न्। उनले ट्विट गर्दै नेपाल छोड्नु परेकोमा दुखी भएको उल्लेख गरेकी छन्। ‘नेपाल छोड्नु पर्दा दुखी छु, अन्ततःमेैले नेपाली ह्याट पाए जसका लागि मैले केही समयदेखि कुरिरहेकी थिएँ,’ उनले लेखेकी छन्।

केलाई मान्ने नयाँ?

२०४६ देखि २०७३ सालसम्मको २७ वर्षे अवधिमा नेपाली राजनीतिमा ठूलठूला परिवर्तन भए। यहीबीचमा २०४६ सालको जनआन्दोलनले ३० वर्षसम्म एकछत्र राज गरेको पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्यायो। प्रतिबन्धित अवस्थामा रहेका राजनीतिक दल नयाँ जोश र शक्तिका साथ खुलारूपमा आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्