२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारी जग्गामा निजीको हालीमुहाली

अख्तियारको निर्देशनसमेत पालना नगरी सरकारी जग्गामा रजाइँ गर्न व्यक्ति तथा संस्थालाई छुट दिने नगरपालिका पदाधिकारीमाथि कारबाही हुनुपर्ने स्थानीयको माग छ।

विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र

१३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्युरीखेतको १० बिघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बाबियाचौरलाई निर्देशन दिएको छ।

गोठाटारमा १३ रोपनी सरकारी जग्गा अपचलन

काठमाडौंको गोठाटारस्थित १३ रोपनी पाँच आना सरकारी जग्गा नक्कली जग्गाधनी दर्ता स्रेस्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ। मालपोत कार्यालय, चाहबिलसँग भएको फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको गोठाटारस्थित उक्त जग्गा मखन रेग्मी, भोला र कमलराज रेग्मीको नाममा दर्ता भएको पाइएको हो।

आलोकनगरमा अतिक्रमित सरकारी जग्गाको नालीबेली

काठमाडौंको आलोकनगरस्थित वाग्मती नदीकिनारको १७ रोपनी सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन सरकारी संयन्त्रले तदारुकता देखाएको छ।

अतिक्रमित जग्गामा सरकारको होर्डिङ–बोर्ड

अत बढी हुने क्षेत्रमा होर्डिङ–बोर्ड राखेर सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान थालिएको मन्त्रालयले जनाएको छ।

सरकारी जग्गामा आँखा लगाउनेलाई छोडिन्न : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन्। काठमाडौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ।

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अटेर

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन स्थानीयले अटेर गरेका छन्। सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा हटाउन अटेर गरेको पाइएको हो।

आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छः सांसद गिरी

समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्।

अख्तियारलाई नजिकबाट नियालेर बसेका छाैं : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ। प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरि संबैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिएकी हुन्।

खरिद समितिका सदस्यमाथि नै छानबिन गर्न माग

गैर आवासीय नेपाली संघ(एनआरएन) डेनमार्कले केन्द्रीय कार्यालय भवन रहेको बालुवाटारको जग्गा खरिद प्रकरणको संघभित्रै पनि छानबिन हुनुपर्ने माग गरेको छ।

प्रतिपक्षलाई फसाउने, आफ्नालाई बचाउने खेल भयो : तरुण दल

नेपाल तरुण दल खोटाङले ललिता निवासको जग्गा प्रकरणमा प्रतिपक्षलाई फसाउने र आफ्नालाई बचाउने खेल भएको बताएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आईतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै मुद्धामा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै निर्णय सच्याउन माग गरेका छन्।

अपराधीलाई उन्मुक्ति दिनु हुन्न : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन्। रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताए।

नेता नेपालले भने, 'कसैलाई पार्टीगत रुपमा मुद्दा लगाइएको छैन'

नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै उनले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्