५ मंसिर २०८१ बुधबार
image/svg+xml

हिमपहिरोमा परी १२ को मृत्यु १७ बेपत्ता

छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ। यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन्।

सुटिङ स्थलमा गोली चल्दा कलाकारको मृत्यु

अष्ट्रेलियाको व्रिसवेनमा म्युजिक भिडियोको सुटिङ चलिरहेको बेला एक्कासी गोली चल्दा एकजना कलाकारको मृत्यु भएको छ ।

अमेरिकामा तूफान, १८ जनाको मृत्यु

अमेरिकाको दक्षिणी राज्यहरुमा शनिबार र आइतबार तूफान आउँदा १८ जनाको मृत्यु भएको छ । साथै केही भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

भारतमा रेल दुर्घटना, ३२ को मृत्यु

दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धारको प्रयास रातभर चलेको थियो ।

सिमेन्टको बोराले च्यापिएर मजदुरको मृत्यु

भरतपुर उपमहानगरपालिका–११ को उपहार सप्लायर्समा काम गर्ने मजदुरको सिमेन्टको बोराले च्यापिएर मृत्यु भएको छ। मकवानपुर घर भएका ४२ बर्षीय हिरा दुलालको मृत्यु भएको छ।

भ्यानको ठक्करबाट मृत्यु

पिकअप भ्यानको ठक्करबाट गए राति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ ।

बसको ठक्करबाट श्रीमान्को मृत्यु ,श्रीमती गम्भीर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका – १ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् ।

पल्टेको ट्याक्टरले किच्दा बालिकाको मृत्यु, दुई गम्भीर घाईते

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ । दुई गम्भीर घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट ढुंगा लिएर मेघेचौतारा पुगेको ना ४ त ५३६७ नम्बरको ट्याक्टरले किच्दा दिक्तेल नगरपालिका–११ की ८ वर्षीया आशा तामाङको मृत्यु भएको हो ।

तीव्र गतिका दुई मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

चाँगुनारायण नगरपालिका–१ पिखेलमा शुक्रबार मध्याह्न १२ बजे दुबैतर्फबाट तीव्र गतिमा आएका दुई मोटरसाइकल ठक्कर खाँदा खोरिया गाउँका ३६ वर्षीय बाबुलाल तामाङको मृत्यु भएको छ ।

बोकोहराम प्रभावित क्षेत्रमा फाैजी कारवाही गर्दा ९० जनाको मृत्यु

नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करमा भक्तपुरमा दुई जनाको मृत्यु

दूधपाटीबाट काठमाडौं फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा महिलाको मृत्युपछि राजमार्ग अबरुद्ध

पूर्व–पश्चिम राजमार्गको लहान–३ मा बिहीबार स्कुल बसको ठक्करबाट तरकारी बेच्न गईरहेकी महिलाको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट ८० बर्षीया बृद्धाको मृत्यु

ट्याक्टरको ठक्करबाट ओखढुंगामा बृद्धाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तरगत केत्तुकेमा ना ५ त १९७६ नम्बरको ट्याक्टरको ठक्करबाट केत्तुके–३ का ८० वर्षीया सोममायाँ तामाङको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्