४ मंसिर २०८१ मंगलबार
image/svg+xml

फुटबल खेल्दाखेल्दै एकको मृत्यु

विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

करेन्ट लागेर सैनिक जवानको मृत्यु

चण्डीदल गण ठुलीटार व्यारेकमा कार्यरत एक सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ७ ठुलीटारमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर व्यारेकमा कार्यरत सैनिक लोकेन्द्र अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैतडी दोगडाकेदार—४ का वडाध्यक्षको मृत्यु

बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको बिष्टको मंगलबार मृत्यु भएको छ । वडाध्यक्ष बिष्टलाई शुक्रबार एक्कासी ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिए ।

बस दुर्घटना एकको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषस्थित पशुपति डाँडामा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ छेलाङबाट मंगलबार सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर रूखमा अड्किएको थियो ।

बस दुर्घटनामा तीनको मृत्यु

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया रवीन्द्र पाण्डे रहेका छने भने अर्का एक जना पुरुषको शव सनाखत हुन सकेको छैन् ।

सर्पले टाेकेर महिलाकाे मृत्यु

इलामको माई नगरपालिका– १० मा सर्पले डसेर मंगलबार एक महिलाको मृत्यु भएको छ । इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

क्यालिफोर्नियामा लागेको अागाेकाे कारण १० मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको अागाेमा १० जनाको मृत्यु भएकाे छ । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगो लागेको थियो । अागाेकाे कारण करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् ।

बाँकेको लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा रात्री बस खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य १२ घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरके बस मंगलवार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको हो ।

खोलामा डुबेर दुई बालिकाको मृत्यु

कैलाली गौरीगंगा नगरपालिका–९ स्थित गोप्का खोलामा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी हेमसागर दाहालकी आठ वर्षीया छोरी रीतिमा दाहाल र कृष्णबहादुर बिष्टकी १० वर्षीया छोरी प्रितीमा बिष्ट रहेको मसुरिया प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मदन जोशीले बताए ।

अमेरिकी हवाई आक्रमणमा दुर्इ सय ५० जनाकाे मृत्यु

सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।

डुंगा दुर्घटनामा १० रोहिङ्गा बालबालिकासहित १२ को मृत्यु

म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।

जिप दुर्घटनामा दुईजनाको मृत्यु

पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।

घरको पर्खाल भत्किँदा एकको मृत्यु

आफ्नै घरको पर्खालमा च्यापिएर बारामा आज एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर निवासी ६५ वर्षीय अहमद अन्सारीको बिहान ७ः१० बजेतिर पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

यमनमा दुई हजारभन्दा बढीको मृत्यु

यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार एक ५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।

बसको ठक्करबाट एकको मृत्यु

सडक दुर्घटनामा परी यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका ११ वर्षीय रुपक थापा क्षेत्री रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्