१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाँकेको लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

दाङ- दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा रात्री बस खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य १२ घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरके बस मंगलवार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको हो ।

उद्धारमा खटिएका स्थानीय चिरन्जीवी केसीले दुईजनाको शब निकालेको र अन्य १२ घाइतेको उद्धार गरेको नागरिकलाई जानकारी दिए। ‘एक जना महिला र एकजना पुरुषको शब निकालिएको हो,’उनले भने ‘अन्य १२ घाईतेको उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ।’

उनका अनुसार घाईते सबैको अवस्था गम्भीर छ। बस पुलबाट सिधै खोलामा खसेको छ। केसीका अनुसार पुल नजिकै सडकमा ठूलो खाल्डो परेको छ। खाल्डोबाट बसलाई जोगाउन खोज्दा बस अनियन्त्रीत भई खोलामा खसेको आशंका गरिएको छ।

बसले उक्त खाल्डो अगाडि ब्रेक हानेको देखिएको छ। ‘पुलको बिच सडकमै ठूलो खाल्डो छ,’ केसीले भने, ‘खाल्डोमा पर्नबाट बसले ब्रेक हानेको देखिएको छ, तिब्र गतिमा रहेको बस एक्कासी ब्रेक हान्दा अनियन्त्रीत भएर खोलामा खसेको हुन सक्छ।’

प्रकाशित: २४ आश्विन २०७४ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App