२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतीय चुनावमा नेपाली सरोकार

भारतको केन्द्रीय राजनीतिको सबभन्दा महत्वपूर्ण अंग रहेको लोकसभाको लागि सदस्यहरुको आम निर्वाचन हुदैछ। भारतले आम निर्वाचनमार्फत आफ्नो १७ औं पटक लोकसभा (तल्लो सदन) गठन गर्दैछ। चैत २८ देखि जेठ ४ सम्म ७ चरणमा हुने आम निर्वाचनमा भारतका बयस्क मतदाताले पाँच सय ४३ ‘सिट’बाट एकएक जना प्रतिनिधि (साँसद) ५ बर्षका लागि चयन गर्नेछन्। सीमापारी चुनावी माहोल बढ्न थाल्दा वारीका मानिसको पनि यसमा चाँसो बढेको देखिन्छ। बिहानको चियाँ गफदेखी समाजिक संजालसम्म भारतीय चुनावको रंग बढ्न थालेको छ।

उत्तर कोरियामा निर्वाचन : सबैलालाई अचम्मित पार्दै प्रतिस्पर्धी बनेनन् नेता किम

उत्तर कोरियामा सम्पन्न भएको निर्वाचनमा सत्तारुढ वर्कर्स पार्टीले जित निकालेको छ । पूर्वानुमानअनुसार नै सत्तारुढ दलले जित हासिल गरे पनि उत्तर कोरियाली इतिहासमै सम्भवतः पहिलो पटक सर्वोच्च नेता किम जोङ–उन निर्वाचनमा प्रतिस्पर्धीका रूपमा नदेखिएको बताइएको छ ।

रिक्त स्थानको उपनिर्वाचन वैशाखभित्रै

सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र रिक्त रहेका ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु गरेको छ। संघीय संसद्को बैठकले उपनिर्वाचन गराउन वाधा गरिरहेका कानुन एकमुष्ठ संशोधन गरेर बाटो खुला गरिए वैशाख अन्तिम साताभित्र उपनिर्वाचन गराउन सकिनेबारे छलफल सुरु भएको हो।

भारतीय लोकसभा निर्वाचनकाे मिति घाेषणा, सात चरणमा गरिने

भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ। भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन्।

‘निर्वाचन लोकतन्त्रको मुख्य आधार’

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन लोकतन्त्रको मुख्य आधारस्तम्भ भएको बताएकी छन्। निर्वाचन आयोगले पेस गरेको प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संविधानमा व्यवस्था भएबमोजिम तोकिएकै समयमा निर्वाचन गराएकोमा आयोगलाई धन्यवाद दिइन्।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित समारोहमा डा यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

मेराे चरित्र हत्या गर्न खाेजियाे : नेता गाैतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। दिवंगत मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार वन्ने आशा राखेको भन्दै आफूविरुद्ध कुप्रचार गर्न खोजिएको उनले आरोप लगाएका छन्।

फागुनमा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुनमा नहुने भएको छ। फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ। त्रिविले फागुनमा निर्वाचन गर्ने भने पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो। २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो।

‘आर्थिक विकास र सम्वृद्धिमा ध्यानदिउँ’

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान मुलुकको आर्थिक विकास र सम्वृद्धितर्फ केन्द्रीत गर्न आग्रह गरेकी छिन्।

थाई राजकुमारीको उम्मेदवारी खारेज

थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी उबोलरतना महिडोलको उम्मेदवारी रद्ध गरेको छ। राजा माहा वाजिरालोङकोर्नकी ६७ वर्षीया दिदी उबोलरतनाले शुक्रवार ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी थिइन।

मोदीलाई पराजित गर्न साझा आर्थिक योजना ल्याउँदै विपक्षी

भारतमा आसन्न संसदीय निर्वाचनको सरगर्मी तीव्र गतिमा बढिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)विरुद्ध केन्द्रीय र क्षेत्रीय रूपमा विभिन्न गठबन्धन बनिरहेका छन्।

बम काण्डमा मुछिएका विप्लवसहित २६ जनालाई सफाइ

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा भोजपुरमा बम विस्फोट गराएको आरोपको मुद्दा खेपेका नेत्रविक्रम चन्द विप्लवसहित २६ जनालाई भोजपुर जिल्ला अदालतले सफाइ दिएको छ। चुनावका समयमा जिल्लाका ३ ठाउँमा बम विस्फोट गराएको आरोप उनीहरुमाथि लागेको थियो। सफाइ पाउनेमा महासचिव विप्लव, प्रवक्ता खड्ग विश्वकर्मा, पोलिटब्युरो सदस्य पदमबहादुर राईसहित उच्च नेता पनि छन्।

भेनेजुएलामा सङ्कट समाधान प्रयास, मदुरोद्वारा निर्वाचन प्रस्ताव

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गरेका छन्। यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए।

स्ववियु निर्वाचन मिति चाँडै तोकिने

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ। त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए। केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले स्पष्ट पारे। ‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौं,’ उनले भने, ‘चाँडै त्रिवि कार्यकारी परिषद्को बैठकले मिति तोक्नेछ।’

नेपाल–भारत सुरक्षा प्रमुखबीच छलफल

भारतमा हुन गइरहेको लोकसभा निर्वाचनको विषयमा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीबीच विशेष तयारी छलफल भएको छ। भारतको मोतिहारीमा नेपाल भारत सीमावर्ती जिल्ला समन्वय समितिमा लोकसभा निर्वाचनको सन्दर्भमा सीमा सुरक्षा र सार्वजनिक चासोको विषयमा छलफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्