२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘हामी स्ववियु निर्वाचनबाट भाग्दैनौं, सरकार नै रोक्ने गतिविधिमा लाग्यो’

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनसँग आफ्नो संगठनको रगतको साइनो भएकोले निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले आफूहरु निर्वाचनबाट कुनै हालतमा नभाग्ने जिकिर गरे। उनले भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’

मादुरोलाई युरोपेली नेताको अल्टिमेटम

युरोपेली राष्ट्रका नेताहरुले आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई अल्टिमेटम दिएका छन्। स्पेन, जर्मनी, फ्रान्स र बेलायतले मादुरोलाई आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न अल्टिमेटम दिँदै यदि त्यसो नगरिए आफूहरुले विपक्षी नेतालाई औपचारिक रूपमै अन्तरिम राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित

ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित भएको छ। परिषदको पुस २७ गते बसेको बैठकले माघ १६ गते गर्ने भनिएको २३ औं र २४ औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन अनिश्चितकालका लागि  स्थगित भएको हो।

थाइल्यान्डमा मार्च २४ मा आम निर्वाचन

नागरिक शासन स्थापना गर्नका लागि थाइल्यान्डले मार्च २४ का दिन आम निर्वाचन गर्ने निर्वाचन आयोगले बुधबार घोषणा गरेको छ। थाइल्यान्डमा निर्वाचनको मिति तोकिने गरे पनि प्रायः स्थगित हुने गरेको छ। यदि घोषणा गरिएकै मितिमा निर्वाचन भयो भने सन् २०१४ मा भएको सैनिक ‘कु’ पछि थाइल्यान्डमा पहिलो पटक आम निर्वाचन हुने छ।

नयाँ मर्यादाक्रमबारे निर्वाचन आयोगको आपत्ति

निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रम प्रति ध्यानाकर्षण भएको बताएको छ। सो हेरफेर भएको मर्यादाक्रमबारे निर्वाचन आयोगको शुक्रबार बसेको पूर्ण बैठकले आपत्ति जनाएको हो।

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी

संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन्।

बङ्लादेशमा पुनः निर्वाचन गराउन अस्वीकार

बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ। आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गरेका हुन्।

बङ्गलादेशमा निर्वाचन : मतदान जारी, झडपमा परी दुई जनाको मृत्यु

बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ

बंगलादेशमा निर्वाचन : ६ लाख सुरक्षाकर्मी परिचालन

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन्। मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ।

आम निर्वाचनका लागि बंगलादेशमा ६ लाख सुरक्षाकर्मी परिचालित

बंगलादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन्।

बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसंघ र अमेरिकाको चिन्ता

बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ। निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्न सक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन्।

भ्रष्टाचार र अनियमिततामा नेतृत्व हत्याएको आरोप

वैशाखमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा भएको भनिएको भ्रष्टाचार र अनियमितताका विषयमा काठमाडौं, भक्तपुर,ललितपुर र धादिङ फुटबल संघ गरी विभिन्न ४ जिल्ला फुटबल संघका अध्यक्षले अडियो टेप सार्वजनिक गरेका छन्।

बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा हजरौँ विपक्षी पक्राउ

बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन्।

बंगलादेशको आमनिर्वाचनः प्रम हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ। प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन्। उनकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी छिन। तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने आशामा छन्।

महासमिति बैठकले नेविसंघको १२औँ महाधिवेशन प्रभावित

नेपाली कांग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्