२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल ल्युब आयलको साधारणसभा

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।हाल विद्यमान कोभिड–१९ महामारीका बाबजुद कम्पनीले उल्लेखनीय वृद्धि गर्नुका साथै लाभांश पारित गरेको छ।

मदिरा उत्पादक संघको सभा

नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

मुक्तिनाथ क्यापिटलको साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

एक्यानको वार्षिक सभा

साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधा छिटो समाधानका लागि पहल गर्ने आश्वासन दिए।

इन्टरनेटको मूल्य घट्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन्। क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इन्टरनेटको मूल्य कम गराउन सरकार प्रतिबद्ध व्यक्त गरे।

औषधि उत्पादक सङ्घको साधारणसभा

नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडौंमा हुने भएको छ। हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन्।

जेष्ट आइडियोलोजी सहकारीको सभा

जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको छ। सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्रीलाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ।

क्यानको प्रदेश तीन अध्यक्षमा बस्नेत

नेपाल क्रिकेट संघ(क्यान) प्रदेश–३ को विशेष साधारणसभा एवं अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार हेटौंडामा सम्पन्न सभाले क्रिकेट प्रशिक्षक राजु बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

कुमारी बैंकको १७औं र १८औं सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको १७औं र १८औं वार्षिक साधारणसभा बैंकका बिहीबार सम्पन्न भएको छ। अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७३–०७४ र २०७४–०७५ को आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको बैंकले जनाएको छ।

ट्रक व्यवसायी संघमा दवाडी

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा रामबहादुर दवाडी चयन भएका छन्। हरिवन नगरपालिका–१० नयाँ रोडस्थित संघको कार्यालयमा आइतबार सम्पन्न पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले दवाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। साधारणसभा एवं अधिवेशनको उद्घाटन प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले एक समारोहबीच गरेका थिए।

नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा

नेसनल लाइफ इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा कम्पनीका अध्यक्ष प्रेमा सिंहले आव ०७३÷७४ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताइन्।

सिनेपको १६औं वार्षिक सभा

स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (सिनेप) को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। जगदम्बा स्टिल्स तथा रिद्धिसिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालको आतिथ्यमा ‘भूकम्प प्रतिरोधी संरचनाको गुणस्तरीय निर्माण’ नारासहित उक्त कार्यक्रम सम्पन्न भएकोे बताइएको छ।

बेस्ट फाइनान्सको साधारण सभा

बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारणसभा शुक्रबार भएको छ। सञ्चालक समितिका अध्यक्ष पदमराज न्यौपानेको सभापतित्वमा उक्त वार्षिक साधारणसभा भएको हो। सभाले आव २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्