२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा कम्पनीका अध्यक्ष प्रेमा सिंहले आव ०७३÷७४ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताइन्।

सभामा अध्यक्षले कम्पनी पुँजीको हिसाबले समेत सबल भएको र गत साधारणसभाबाट पारित निर्णयअनुसार ६० प्रतिशत हकप्रद सेयर जारी प्रक्रिया सम्पन्न भई समीक्षा वर्षको प्रस्तावित बोनस सेयर समेत गरी कुल चुक्ता पुँजी तीन अर्ब नाघेको पनि उनले जानकारी दिइन्।

साधारणसभाले आव ०७३÷७४ को नाफाबाट चुक्ता पँुजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश एक करोड ८८ लाख २७ हजार १० वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ चैत्र २०७५ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App