२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुर्घटनामा शिक्षकको मृत्यु

धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । जिल्लाको थाक्रे गाउँपालिका– ११ स्थित महेशखोलाको पारीबाट बोरिङ गरी महादेवबेसी बजार तर्फ पानी ल्याउने पाईप झुण्डाउने क्रममा पाईपमा बाँधेको सपोट (आल्मुनियम) को तारले बिजुलीको ११ हजार भोल्टेजको तारमा छुन गई करेन्ट लागेको हो।

रौतहटमा महिलाको शंकास्पद मृत्यु

रौतहटमा मंगलबार एक बालिका र एक महिलाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिकामा महिलाको शव फेला परेको छ भने करेन्ट लागेर बालिकाको मृत्यु भएको छ।

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन्।

मातृमृत्यु घटाउन विशेष अभियान

स्वास्थ्य मन्त्रालयले मातृमृत्युदर घटाउने विशेष कार्यक्रम अन्र्तगत वर्षभरि विशेष अभियान सञ्चालन गर्ने भएको छ। पाँचौ सुरक्षित मातृत्व दिवसको अवसर पारेर मन्त्रालयले वर्षभरि विविध कार्यक्रमका साथ अभियान चलाउने निर्णय गरेको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललले बताइन्।

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

रौतहटमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। रौतहटको सदरमुकामलाई जोड्ने मुख्य राजमार्गको यमुनामाई गाउँपालिकाको सुकदेव चौकनजिक बीआर ३० टी ०३३५ नम्बरको भारतीय स्कारपियो तीव्र गतिका कारण दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

तिनाउमा डुबेर अर्घाखाँचीका युवाको मृत्यु

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवाको मृत्यु भएको छ। सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर सन्धिखर्क नगरपालिका–१, पटुवाथुम अर्धाखाँचीका सुशील श्रेष्ठको मृत्यु भएको हो।

बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेसीमा बस र ट्रक आपसमा ठोक्किँदा चालकसहित २ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम क्वेटामा अज्ञात समूहले चर्चको अगाडि गोलि चलाउँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय चर्चको एउटा समारोहकाे  सहभागीलार्इ मोटरसाइकलमा सवार ४ जनाले गोली प्रहार गरी भागेका थिए।

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कालिगण्डकी करिडोर सडकखण्डकको रम्भा गाउँपालिका–१, हुँगीमा स्थानीय ८ वर्षीय बालिका सपना विकको मृत्यु भएको हो। उनलाई लु ३६ प ५६१६ नम्बरको मोटरसाईकलले नयाँ वर्षको दिन शनिबार दिउँसो ३:३० बजे हुँगीको साठीमा ठक्कर दिएको थियो।

पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु

ताप्लेजुङको पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे जिल्लाको पनौती घर भएका ५८ बर्षिय रामहरि खत्री रहेका छन्।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा नौ जना घाइते भएका छन्।

हात्तीको आक्रमणबाट पूजारीसहित २ को मृत्यु

पर्सामा जंगली हात्तीको आक्रमणमा परी २ दिनमा २ जनाको ज्यान गएको छ। बेग्ला बेग्लै घट्नामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३१ बर्षिय कमलेश सहनी र ठोरी गाउँपालिका – ४, सुन्दरटोल बस्ने ३६ बर्षिय सागबहादुर तामाङको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्