७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङमा आइएमई लुटपाटमा स्थलगत जानकारी पाएको व्यक्तिको अगुवाई

प्रहरीले पक्राउ परेका तीनजनाको साथबाट बरामद गरिएको नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित १ सय ४३ तोला सुन सार्वजनिक गरेको छ। लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको बिबरण उल्लेख गरी जाहेरी दिएका छन्। हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।

आइएमई लुटपाट प्रकरण: शंकास्पद एकजना पक्राउ

जाकट राखेको सुन निकाल्ने बहानामा आएका चारजनाको सूमहले मंगलवार बिहान आइएमईका कर्मचारलाई नियन्त्रणमा लिई साढे ११ लाख नगद सहित गरगहना लुटिएको थियो। चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्