२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आइएमई लुटपाट प्रकरण: शंकास्पद एकजना पक्राउ

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाट प्रकरणमा प्रहरीले एकजना शंकास्पदलाई पक्राउ गरी अनुसन्धान थालेको छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरी अनुुसन्धान थालेको जानकारी दिए। ‘हामी घटनामा संलग्नको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान कार्यलाई अघि बढाइरहेका छौं’ राईले भने। 

जाकट राखेको सुन निकाल्ने बहानामा आएका चार जनाको सूमहले मंगलवार बिहान आइएमईका कर्मचारलाई नियन्त्रणमा लिई साढे ११ लाख नगद सहित गरगहना लुटिएको थियो। चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका थिए। सुन कति थियो खुलेको छैन। आइएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उनका श्रीमती मैया श्रेष्ठ देश बाहिर रहेकोले आइएमई कर्मचारीले चलाइरहेका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले लुटेरा समूहको खोजी गरिरहेको जनाएका छन्। लुटेराले भाग्ने क्रममा एकथान कम्ब्याट ज्याकेट भने छोडेर गएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७९ १५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App