१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चितुवाको छाला सहित दुई पक्राउ

चितुवाको छाला सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लालमटिया–३ दिदी/भाउजु होटलबाट प्युठान स्याउलीबाङ –३ बस्ने ३९ बर्षीया सेतु नेपाली र सोही स्थान बस्ने रजवारा–२ बस्ने ३८ बर्षीय भिम परियारलाई चितुवाको छाला १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री माथि बलात्कारको अभियोगमा संलग्न भएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।

बालविवाह गराउने ४ पक्राउ

बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ। हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।

आधा किलोको सुनको बला लगाउने भारतीय विमानस्थलमा पक्राउ

डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।

क्यापिटल मर्चेन्ट ठगी प्रकरणमा फरार कार्की पक्राउ

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अर्का फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेको जनाएको छ।

सीआइबीको सई भन्दै ठगी गर्ने पक्राउ

सीआइबीको सहायक निरीक्षक भन्दै ठगी गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको हरिवनमा मोटर साइकलको लाइसेन्स बनाइदिने भन्दै रुपैयाँ उठाएका बार पर्सौनी–२ का अजय कुमार गुप्ता भनिने विजेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको छ।

प्रतिबन्धित लागु औषधसहित एक पक्राउ

सशस्त्र प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट प्रतिबन्धित लागू औषध नाइट्रोभेट करिब ६ सय टयाब्लेट शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा गरुडा नगरपालिका–१ का २० वर्र्षीय राजकिशोर साहलाई सशस्त्र प्रहरी विओपी गौर भन्सारको टोलीले पक्राउ गरेको हो।

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सरकारी कागजकिर्ते गरेर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिकविद्यालयलोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ।

बन्दुकसहित एक पक्राउ

प्रहरीले भरुवा बन्दुकसहति एक जनालाई पक्राउ गरेको छ। शुक्ला गण्डकी नगरपालिका–१६ सिम्ले बस्ने ५३ वर्षीय चेतबहादुर भुजेललाई शिशाको छर्रा लोड गरेको भरुवा बन्दुकसहित प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ।

२७ एटिएम कार्डसहित दुई जना कारोबारी रौतहटबाट पक्राउ

नेपाल र भारतका विभिन्न बैंकको २७ वटा एटिएमबाट नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने दुई जनालाई रौतहट प्रहरीले ५ लाख ७७ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङका दाजु किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ परेका छन्। उनीहरुलाई मलेसिया विमानस्थलबाट पक्राउ गरिएको हो। हत्या आशंकामा प्रहरीले इन्डोनेसियन पासपोर्ट भएका ती महिलाहरुलाई पक्राउ गरेको हो।

१७ वर्षीय किशोरीको हत्या आरोपमा ५ पक्राउ

खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रिता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनाबिरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

१३ हजार युरो सहित विमानस्थलबाट युवक पक्राउ

विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

फेसबुकमा महिलाको फोन नम्बर राखी तनाव दिने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा फेसबुकमा गलत उद्देश्यले महिलाहरुको फोन नम्बर राखी तनाव दिने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३६ वर्षीय सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

अपरहण मुद्दामा ६ वर्ष कैद सुनाइएका फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतद्वारा ६ वर्षको कैद सजाय सुनाइएपछि फरार रहेका एक दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्