दशैँमा न भात न अक्षता
सरकारले समयमै चामल नपुर्याएपछि जिल्लाको दुर्गम वारेकोटका विपन्न समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका छन् । सरकारी कोटाको चामल नभएपछि विपन्न समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका हुन् । खाद्य उत्पान्न निकै कम हुने उक्त क्षेत्रमा लगाएको बाली समेत नपाकेको अवस्था भएका कारण अहिले खाद्यन्न अभाव देखिएको हो ।