२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भुर्तेलको दशैँतिहार गीत सार्वजनिक

दशैँको पूर्वसन्धयामा निर्भिक नारायण भुर्तेलको दशैँ तिहार विशेष गीत सार्वजनिक भएको छ। अरु कोनै छर बोलको गीत बजारमा आएको हो। गायक नयन शर्माको लय तथा शब्द संकलनमा रहेको दशैँ तिहार गीत सोमबार आचार्य डिजिटल पोखराले बजारमा ल्याएको हो।

दशैंको मुखमा काँक्राको मूल्य वृद्धि, मासुको घट्दै !

दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्राबाट मनग्य आम्दानी गर्दै आएकी छन् । काँक्रा बेचेर दसैँको खर्च जुटाउन उनी चैनपुर आएकी हुन् । उनले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्ने बताइन् ।

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

यहाँको उत्पादनले नथेगेपछि दसैं–तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ । व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ।

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

यहाँको उत्पादनले नथेगेपछि दसैं-तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ। व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ। उपत्यकामा दसैं-तिहारमा करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा खपत हुने अनुमान छ। थपकरिब १८ हजार भेडाच्यांग्रा, खसीबोका विभिन्न जिल्ला र तिब्बतबाटसमेत ल्याउने तयारी छ।

दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छः सल्लाहकार खनाल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो।’

डिस होमको दशैं तिहार योजना

डिस होमले नेपालीहरुको महान चाड बडादशैँ तथा तिहारका लागि नयाँ योजना सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको ‘यो उत्सब डिस होमले बन्छ महोत्सव’ नामक नयाँ योजनाअन्तर्गत ग्राहाकले डिस होमको हाइब्रिड एचडी कनेक्शन किन्दा ३ हजारसम्मको छुट पाउने छन्।

दशैंअघि फोहरबाट बिजुली

काठमाडौं महानगरपालिकाले दशैंअघि नै फोहरबाट बिजुली उत्पादन गर्ने भएको छ। गत साता भारतबाट बिजुली उत्पादन गर्ने मेशिन आइपुग्नासाथै प्राविधिक टोलीले जडान थालिसकेको छ। दुईवटै डाइजेस्ट प्लान्ट मेसिन जडान भइरहेको टेकुस्थित महानगरपालिकाको फोहर थुपार्ने ठाउँ (ट्रान्सपोर्ट एक्सन स्टेसन)बाटै बिजुली उत्पादन गरिने महानगरपालिकाले जनाएको छ।

मनीग्रामको दशैँ तिहार अफर, १० बाइकदेखि १० स्मार्टफोन जित्न सकिने

मनीग्रामले दशैँ तिहार उपहार योजना ल्याएको छ। यो अभियानअन्तर्गत मनिग्रामको उपभोक्ताहरुले हरेक हप्ताआकर्षक उपहारहरु प्राप्तगर्न सक्नहुनेछन्। जस अन्तर्गत १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्टफोनलक्की ड्र मार्फतजित्न सकिने बताइएको छ।

दशैंका लागि असोज १६ बाट नयाँ नोट वितरण

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १६ गतेबाट नयाँ नोट वितरण सुरु गर्ने भएको छ। काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार पाउने गरी केन्द्रीय बैंकले नयाँ नोट वितरण गर्न लागेको बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले नागरिक न्युजलाई बताए।

हुण्डार्इकाे दशैं तिहार गेट सेट गो को विजेताहरु घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको दशैं तिहार ‘गेट सेट गो’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्