१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

झापाको भालुखोलामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।  मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए।

झापामा ४.७४ प्रतिशत मत बदर

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

झापा ३ मा राप्रपाका लिङ्देन विजयी

झपा क्षेत्र नम्बर ३ मा र वाम गठबन्धन समर्थित राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनी काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै प्रतिनिधि समा सदस्यमा विजयी भएका हुन् ।

झापामा वाम गठबन्धनको विजयी सुरुवात

झापामा बामगठबन्धनले बिजयी सुरुवात गरेको छ। झापा ४ मा एमालेका लालबहादुर सावा एलपी बिजयी भएका छन्। कांग्रेसका देउमान थेवेलाई फराकिलो मत अन्तरमा पराजित गर्दै सावा बिजय भएका हुन्। सावाले ४३ हजार ५१५हजार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी देउमान थेवेले २६८२२ प्राप्त गरे । सावा २०७० सालको सविधानसभा निर्वाचनमा पराजित भएका थिए।

झापामा ३० प्रतिशत मत खस्यो

मध्याह्न १२ बजेसम्ममा झापामा ३० प्रतिशत मत झरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार जिल्लाका २ सय ८३ मतदानस्थल र ६ सय ९२ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

प्रहरीको सूचनापछि दाहाल झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदै

छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्किँदैछन्। प्रहरीले काठमाडौं फर्किने सूचना दिएपछि चुनावी सभालाई सम्बोधन गर्न शनिबार विर्तामोड पुगेका दाहाल हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदैछन्।

झापाको यान्त्रिक कार्यालय रुखकाे फेदमा

झापाको बिर्तामोडमा दुई साताअघि सडक विभागको यान्त्रिक कार्यालयमा आन्दोलनकारीले आगजनी गरेपछि कार्यालयको दैनिक काम सञ्चालनमा कठिनाइ भएको छ।  कार्यालयका सिनियर मेकानिक अरुणकुमार देवले कार्यालयका भवनलगायत सबै सामान आगजनीमा ध्वस्त भएपछि दैनिक काम सञ्चालनका लागि कोठा नहुँदा कर्मचारीले रुखको फेदमा टेबलकुर्सी राखेर कार्यालयको काम गर्न बाध्य भएको बताए।

झापामा एमाले भूमिकाको चासो

‘पाहुनालाई दुई–चार दिन मिठोमसिनो खुवाएर राख्न सकिन्छ, घरै जिम्मा लगाउन सकिँदैन’, झापा क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालका भित्ता अचेल यही र यस्तै आसयका भनाइले रंग्याएका छन् ।

लिङ्देनलाई सघाउने निर्णयले झापाका वाम कार्यकर्ता असन्तुष्ट

झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने एमाले –माओवादी नेताहरुको निर्णयविरुद्ध बाम गठबन्धनभित्रबाटै तीव्र असन्तोष शुरु भएको छ। एमाले र माओवादीका कार्यकर्ताहरुले झापाको गठबन्धनले ‘बाम गठबन्धनको बेइज्जत भएको’ भन्दै असन्तोष प्रकट गरेका छन्।

केपी ओली झापामा छैटौं पटक उम्मेदवार

एमाले, माओवादी केन्द्र र राप्रपाबीच तालमेल भएको झापामा तीन दलीय गठबन्धन र काँग्रेसको एकल प्यानलका शीर्ष नेताहरुसहितका उम्मेद्वारले बिहीबार उम्मेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभाका पाँच र प्रदेश सभाका १० वटै क्षेत्रमा सबै उम्मेद्वारले तामझामसहित उम्मेद्वारी दर्ता गराएका छन्।

झापामा हेभीवेट नेताले गराए उम्मेदवारी दर्ता

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाका पाँच वटा क्षेत्रमा वाम गठबन्धन तथा नेपाली काँग्रेसका हेभीवेट नेताहरूले उम्मेद्वारी दर्ता गराएका छन्।

झापा ३ मा सिटौलाविरुद्ध राप्रपाका लिङ्गदेनको उम्मेदवारी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्गदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस–राप्रपाबीच चुनाबी तालमेल गर्ने निर्णय भएको थियो। तर काँग्रेसले झापा ३ मा कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएपछि राप्रपाले आफ्नो उम्मेदवार चयन गरेको हो।

झापामा सिटौला उम्मेदवार बनेपछि लोकतान्त्रिक गठवन्धनमा तनाव, वाममा पनि उस्तै

गठबन्धनका ‘हेभिवेट’ नेताहरुलाई भाग पुर्‍याउन समस्या भएपछि झापामा वाम र लोकतान्त्रिक गठबन्धनलाई सिट बाँडफाँड मुद्दा जटिल बनेको छ। जिल्लाका नेताहरुको उपस्थितिमै राजधानीमा चलिरहेका श्रृंखलाबद्ध बैठकहरु झापाको सिट बाँडफाँडको सकसमै अल्झिरहेका छन्।

झापामा तनाब, प्रहरीले गोली चलाउँदा एकको मृत्यु

झापाको बिर्तामोडमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लगि अर्जुनधारा ११ का नवराज थापाको मृत्यु भएको हो। इलाका कार्यालय विर्तामोडमा तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि १० जनाभन्दा बढी घाइते भएका छन् । झापामा दिउँसो १: ३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्