२० आश्विन २०८१ आइतबार
image/svg+xml

तुरुन्त वार्ता गरेर डा. केसीको ज्यान जोगाऊ सरकार : कांग्रेस

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी २०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लङ्घन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गरेका हुन्।

निमुखाको भरोसा बन्दै डा. केसी

आफूले पाउने तलबका भरमा विपन्न बिरामी भेट्न गाउँगाउँ पुगे उनी । उनले भेटे र देखेजति बिरामीलाई सहयोग गरे । उनी दुर्गम क्षेत्रमा पैदल हिँडेरै कुनाकन्दरा पुगे । उनी स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने भन्दै सरकारसँग लडिरहेका छन् ।

डा. गोविन्द केसीलाई औषधि किन्न रोक

उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।

सडकमै सत्याग्रहको तयारी

यो सत्याग्रह कोरोना कहरमा जनतालाई सास्ती दिन नभई जनताको स्वास्थ्य अधिकारीको ग्यारेन्टी गर्न भएको उनले बताए ।

सरकार रोक्दै, डा. केसी बिरामी जाँच्दै

वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यता स्थापित हुन दिएन। धमिलो पानीमा माछा मार्ने दाउमा मात्र लाग्यो। कसैले डर त्रास देखाउँदैमा म डराउँदिनँ। म कसैको धम्कीले विचलित हुँदिनँ। भदौ १८ गतेदेखि सत्याग्रह बस्छु। म जे बोल्छु, त्यही गर्छु। दमन भए सडकमै सत्याग्रह बस्छु।

प्रहरी घेरामा डा. केसी

सुदूरपश्चिमलगायत कणालीका दुर्गम बस्तीमा स्वास्थ्यसेवा दिँदै जुम्ला पुुगेका डा. गोविन्द केसीले साउन ३२ गते पत्रकार सम्मेलन गरेर सरकारलाई आफ्ना माग सम्बोधन गर्न भदौ १० गतेसम्मको समय दिए।

जुम्लामा रहेका डा.केसी भन्छन् : मलाई जनताको सेवा गर्न पनि रोकियो

जुम्लाको गुठिचौर गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य सेवा दिन गएका डा. गोविन्द केसी सेवा नदिइ सदरमुकाम खलंगा फर्किएका छन्। एक साता सत्याग्रह स्थगित गरेका डा. केसी बीचको खाली समयमा स्वास्थ्य सेवा दिनको लागि गुठिचौर गाउँपालिकामा पुगेका थिए। तर उनलाई स्वास्थ्यचौकीमा सेवा नदिनु भन्ने आदेश आएको भन्दै फर्काइयो।

डा. गोविन्द केसीद्वारा दुई दिने सत्याग्रहको घोषणा

डा. गोविन्द केसीले सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका छन्। दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गरेर शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्