नेपालमा युद्धले शान्ति ल्याएको छः दाहाल
‘युद्धमा पनि हामी यस्तै थियौँ। अहिले पनि हामी मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ। युद्ध एउटा परिस्थितिको बाध्यता थियो। त्यो बाध्यताको उपज थियो। तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन।'