कृषिको उत्पादकत्व बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि उत्पादनको वृद्धि नभई समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने खतिवडाले बताए।
अर्थमन्त्री युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि उत्पादनको वृद्धि नभई समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने खतिवडाले बताए।
जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन्।
नानाभाँती बहाना र हौवा पिटाएर सेयर मूल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समूहले फेरि एकपटक अर्थमन्त्री र गभर्नरको नाम भजाएर आइतबार सेयर मूल्य बढाएको छ।
अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्रमा मुलुकको अर्थतन्त्रबारे सत्य कुरा राख्न खोजिएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले सत्य तितो हुने बताए। श्वेतपत्रमा कुनै पार्टी विशेषलाई लक्षित नगरिएको बताउँदै एउटा कालखण्डको समिक्षा गर्न खोजिएको प्रष्ट पारे।
सांसदहरुले सरकारले जारी गरेको श्वेतपत्र अली बढी नकारात्मक भएको टिप्पणी गरेका छन्। मंगलबार संसद बैठकमा बोल्दै प्रमुख विपक्षी दल कांग्रेसका सांसद मिनेन्द्र रिजालले श्वेतपत्रले दोष थोपर्ने काम गरेको बताए। विशेष समयमा बोल्दै रिजालले सबै अरुले विगारिदिएको अवस्थामा आफु सम्हाल्न आएको जसरी श्वेतपत्र जारी भएको बताए।
सरकार गठनको डेढ महिनापछि र प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणाको दिनपारेर अर्थमन्त्रीले श्वेतपत्रजारी गरेकाछन्। संवैधानिक र कानुनीकारणले सरकार गठन हुन केही समय लागेपनि वाम गठबन्धनले चुनावजितिसकेको र आफ्नो सरकार बन्ने निश्चित भइसकेको स्थितिमा सरकार बनेको हप्तादिनभित्रै श्वेतपत्रआउनुपर्ने हो।
सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाउन पुगे।
वित्तीय क्षेत्रका सुधारकका रुपमा लिइएका पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पूर्वगभर्नर युवराज खतिवडा अर्थमन्त्री भएका छन् । कुशल नेतृत्वका कारण उनी राष्ट्र बैंकमा सुशासन कायम गर्न सफल थिए।
प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन्। अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाएका छन्। श्रेष्ठले २५ हजार ७५० मत पाए।
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। उनले ३२३४७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका रमेश श्रेष्ठले २५७५० मत प्राप्त गरे। कार्की अर्थमन्त्री समेत हुन्।
अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले बजेटमार्फत संघीयता कार्यान्वयन सुरु गरेको बताएका छन्।
अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गरिरहेका छन्। आजनै बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताएका छन्।
उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को बजेट परम्परागतभन्दा निकै फरक र नयाँ किसिमको ऐतिहासिक बजेट हुने दावी गरेका छन् ।