अर्को वर्ष सबैलाई खुसी पार्ने बजेट : अर्थमन्त्री
अर्थमन्त्री युवराज खतिवडाले संविधानले गरेको व्यवस्था अनुसार मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारेका छन्।
अर्थमन्त्री युवराज खतिवडाले संविधानले गरेको व्यवस्था अनुसार मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छिन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठूलो अवसर भए पनि बजेट बरालिएर आएको बताइन्।
आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट ल्याइएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदको संयुक्त बैठकमा बजेट घोषणा गरे।
अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्ने क्रममा चालु आवको कार्यप्रगतिबारे जानकारी गराउँदै चालु आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताए।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि मुलुकमा दीर्घकालीन महत्व राख्ने उद्देश्यका साथ बजेट संसद्को संयुक्त सदनमार्फत सार्वजनिक गरिरहेका छन्।
गाउँब्लकको ५ धुर जति जग्गामा झुपडी थियो। जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउने योजना प-यो। धेरैतिर धाएर बल्लतल्ल घर बन्यो। बनेको ३ वर्ष बित्दा पनि झ्याल ढोका भने हाल्न सकेको छैन।
अर्थमन्त्री युवराज खतिवडाले पुँजीगत खर्च बढाउन नसकेको आरोपको स्पष्टीकरणमा यो वर्ष कानुन बनाउन समय खर्च भएको बताएका छन्। आगामी वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकताबारे सांसदहरूले उठाएका प्रश्नका जवाफ दिने क्रममा मंगलबार संसदसमक्ष अर्थमन्त्री खतिवडाले चालु वर्ष सरकारको प्रमुख ध्यान कानुन निर्माणमा रहेको र आगामी वर्षदेखि दु्रत गतिमा विकासका काम गर्ने वाचा गरे। खतिवडाले मौलिक हक कार्यान्वयनका लागि थुपै्र कानुन बनाउनुपर्ने भएकाले फागुनसम्म त्यसमै व्यस्त हुँदा नियमित रूपमा पुँजीगत खर्च हुन नसकेको जानकारी गराए। उनले आगामी आर्थिक वर्ष कार्यान्वयनमा जुट्ने वाचा गर्दै सरकारलाई खर्च नगर्ने सुविधा प्राप्त छैनसम्म भन्न भ्याए।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन्। अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरे।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप गिरीले धान र गहुँको फरक नबुझ्ने पिएचडी होल्डरलाई अर्थमन्त्री बनाएर कांग्रेसबाट गल्ती भएको बताएका छन्। यसबाट सिंगो नेपालको अर्थतन्त्र नै बिग्रिएको उनको आशय थियो।
उनले अवैध तरिकाले कमाएको सबै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ। त्यस बाहेक उनलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ।
अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाईने बताएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोत र साधनले पुगेसम्म राजनीतिक प्रतिवद्धता पुरा हुने गरी पपुलिष्ट बजेट ल्याउने बताएका छन्।
डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे। पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन पनि सरकारसँग आग्रह गरे।
अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन आज राती फिजीतर्फ प्रस्थान गर्दैछन्। आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने छन्।
अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन फिजी तर्फ प्रस्थान गर्दैछन् । खतिवडा आज राति ९ बजे फिजी प्रस्तान गर्नेछन्।