नेपालप्रति सद्भाव राख्ने महारानी एलिजाबेथ,अब सम्झनामा मात्र
महारानी एलिजाबेथ द्वितीयाले सन् १९६१ मार्चमा पहिलोपटक नेपाल भ्रमण गरेकी थिइन्। त्यसको २५ वर्षपछि सन् १९८६ फेब्रुअरी १७ मा दोस्रोपटक नेपाल आइन्। गत चैतमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भर्चुअल रूपमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा महारानी एलिजावेथले आफ्नो दुईपटकको नेपाल भ्रमणको स्मरण गरेकी थिइन्।