७ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतमा यात्रुबाहक बसमा आगलागी, २० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा एक यात्रुबाहक बसमा आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमकाअनुसार २५ जना घाइते भएका छन्। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्।

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन्। संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।

आगलागीबाट साढे दुई लाख बढीको क्षति

कपिलवस्तु नगरपालिका–९ चम्कीपुरस्थि एक फुसको घरमा सोमबार मध्यरातमा आगलागी हुँदा साढे दुई लाख बढीको क्षति भएको छ। स्थनीय दुर्गाबहादुर खत्रीको घर नजिकै रहेको विद्युत ट्रान्सर्फर सर्ट भई स्पार्किङबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको हो।

'एउटा घोडा': 'जसले अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो'

जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको ज्यान उसको घोडाले बचाएको छ। नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्यान उनको घोडाले बचाएको हो।

असनमा आगलागी, नियन्त्रणका लागि चार वटा दमकल परिचालन

काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ।

सानेपाको कबाडी पसलमा आगलागी

सानेपाको एक कवाडी पसलमा गएराति आगलागी भएको छ। राजेश पासवानको कवाडी पसलमा राति ८ बजे आगलागी भएको हो। आगलागीमा सबै सामान जलेको प्रहरीले जनाएको छ।

खोटाङमा आगलागी, एक घर जलेर खरानी

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे बागेढुंगाका गर्वबहादुर थापाको ढुंगा माटो र फुसको छानो भएको एक तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

पर्साको पोखरियामा एकसाथ विभिन्न ठाउँमा आगलागी

पर्साको पोखरीया नगरपालिकाको वडा नम्बर ४ र ५ मा सोमबार राति करिब साढे नौ बजेदेखि सुरु भएको आगलागी अनौठो किसिमले फैलिएको देखिएको छ। करिब साढे ४ घण्टाको लागातार प्रयासपछि नियन्त्रणमा आएको आगोले घर, पान पसल, गोठ, छाप्रो र किसानले गाईबस्तुका लागि राखेका परालको कुन्यूहरु जलेका छन्।

विद्युत सर्ट हुँदा पसलमा आगलागी

विद्युत सर्ट हुँदा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका माणिकलाल प्रधानको घरमा आगलागी भएको छ। प्रधानको मोबाइल र स्टेशनरी पशल सञ्चालन हुँदै आएको घरमा सोमबार राति साँढे १ बजे आगलागी भएको हो।

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

उदयपुरको साउनेमा शनिबार बिहान टिप्परले ठक्कर दिँदा एउटा मोटरसाइकल आगो लागेर ध्वस्त भएको छ। बिहान १० बजेको समयमा त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा केही माथि ना १ क ७६९९ टिप्परले ठक्कर दिँदा स ८ प ६७०० को मोटरसाइकलमा आफैं आगो लागेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको हो।

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्