३ असार २०८१ सोमबार
image/svg+xml
समाज

आगलागीमा घर खरानी

आगलागीमा ध्वस्त बनेको सप्तेश्वर छितापोखरीका दानबहादुर राईको घर । तस्बिर : नागरिक

खोटाङः आगलागीमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका दानबहादुर राईको घर नष्ट भएको छ।

आईतबार बिहान एक्कासी आगलागी हुँदा राईको ढुङगा, माटो र फुसको छानोले बनेको घर पूर्णरुपमा जलेर नष्ट भएको हो। अन्नपात, लत्ताकपडा लगायतका सामाग्री जल्दा राईको अनुमानित ५ लाख रुपैयाँ बराबरको क्षति भएको वडा सदस्य अमृत गिरिले बताए।

स्थानीयवासीले आगो नियन्त्रणमा लिएपनि घर तथा घरमा भएका अन्नपात, लत्ताकपडा जोगाउन नसकिएको बताइएको छ। आगलागीको कारण खुल्न बाँकी छ। घटनाका विषयमा अनुसन्धान गर्न छितापोखरी प्रहरी चौकीलाई खबर गरिएको छ। आगलागी पीडितलाई जाडोमा समस्या हुन नदिन तत्काल राहत वितरण गरिने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

 

प्रकाशित: २० पुस २०७६ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App