७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विद्युत सर्ट हुँदा पसलमा आगलागी

खोटाङ – विद्युत सर्ट हुँदा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका माणिकलाल प्रधानको घरमा आगलागी भएको छ। प्रधानको मोबाइल र स्टेशनरी पशल सञ्चालन हुँदै आएको घरमा सोमबार राति साँढे १ बजे आगलागी भएको हो। आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका रमेश राईको मोबाइल पसल र खोटाङबजारकै घनश्याम फुयालको स्टेशनरी पशल पूर्णरुपमा जलेको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।

आगलागीमा दुई वटा पसल सञ्चालनमा रहेको प्रधानको घरको तल्लो तलामा पूर्णरुपमा क्षति पुगेको छ। राईको मोबाइल पसल सञ्चालनमा रहेको कोठाबाट आगलागी सुरु भएको थियो। मोबाइल पशलमा चार्जमा राखेको विद्युतीय सामग्रीमा विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ। आगलागीमा घरका मालिक प्रधानको करिब ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेशनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए।

प्रधान परिवार भने काठ्माण्डौंमा बस्दैआएका छन्। आगोलागी सुरु भएपछि पसलको ढोका तोडेर पानी छ्यापेर आगो नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष राईले बताए। सो घरमा बस्दै आएकी बच्ची नामकी बृद्धा महिलालाई भने बोकेर सुरक्षित स्थानमा सारिएको थियो।

प्रकाशित: १ पुस २०७६ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App