६ आश्विन २०८१ आइतबार
image/svg+xml

गुटउपगुटले पार्टी ध्वस्त हुन लाग्यो : कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी गुटउपगुटले ध्वस्त हुन लागेको वताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरसमितिले शनिवार रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा कोइरालाले पार्टीलाई एक ढिक्का वनाई अघि वढ्न नेतृत्वमा परिवर्तनको विकल्प नभएको बताएका हुन्।

कांग्रेस कार्यसमिति बैठक माघमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० मा वोलाइएको छ। शनिवार कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै बैठकबारे जानकारी गराएका हुन्।

सरकारले आफ्नो मन्त्रीलाई बचाउन खोज्योः पूर्व प्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री एंव नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले वाइडबडी प्रकरणमा आफ्नो मन्त्रीलाई वचाउन खोजेको आरोप लगाएका छन ।

नागरिककर्मी भादगाउँले सम्मानित

नेपाल पर्यटन बोर्डले नागरिककर्मी अमृत भादगाउँलेलाई सम्मान गरेको छ। विगत २ दशकदेखि पर्यटन बिटमा कलम चलाउँदै आएका भादगाउँलेलाई सोमबार आफ्नो २० औं स्थापना दिवसको अवसरमा पर्यटन बोर्डले विशेष समारोहमा कदर पत्रसहित सम्मान गरेको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कदरपत्र प्रदान गरेका थिए।

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही हुनुपर्छ : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शु्क्रवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वाइड बडी विमान खरीद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारवाहीको सिफारिश गरिएको विषयमा आफूलाई जानकारी नभएको प्रष्ट पारे।

मदिरामा लचिलो हुन गृहमन्त्रीलाई व्यवसायीको आग्रह

गृह मन्त्रालयले मदिरा व्यवसाय र सेवनमा गरेको कडाई खुकुलो बनाउने माग गर्दै नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।  गृहमन्त्रालयले ल्याएको मदिरा उत्पादन र बिक्रि वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेशको मस्यौदामा लचिलो व्यवस्था लिन सुझाव दिएको छ।

वाइड बडी छानविन उपसमितिकाे प्रतिवेदनमा सत्तारूढ सांसदकाे असन्तुष्टि, प्रतिपक्षीकाे बचाउ

प्रतिनिधिसभाको सार्वाजनिक लेखा समितिमा रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आवद्द सदस्यहरुले नेपाल वायुसेवा निगमको वाईड बडी बिमान खरिदमा भएको अनियमीतता सम्बन्धी उपसमितिको प्रतिवेदन प्रति आशंका जनाएका छन्। उता प्रतिपक्षी नेपाली कांग्रेसका सदस्य भने प्रतिवेदनकाे बचाउमै लागे।

'नेपाली कामदार बढी जोखिममा'

अन्य स्रोत मुलुकको तुलनामा नेपाली कामदार वैदेशिक रोजगारीमा रहँदा बढी जोखिममा परिरहेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जानुअघि नेपालमा दिइने अभिमुखीकरण तालिम प्रभावकारी नभएको गुनासो व्याप्त रहेको बेला अध्ययनले त्यस्तो नतिजा देखाएपछि सरकारलाई विशेष योजना सञ्चालन गर्न थप चुनौती थपिएको छ ।

कला इतिहास खोतल्दै मेहता

नेपाली कलाको इतिहासलाई भारतको कुशान कलाको इतिहाससँग जोडेर हेर्ने गरिन्छ। तर नेपाली कलाको वास्तविक इतिहासले फरक कालखण्ड बोकेको छ भन्ने विषय कला समिक्षकको नजरमा पर्न सकेको छैन्। महिषपाल, गोपाल वंश हुँदै आधुनिक कालखण्डको इतिहास सहजै कला जगतमा पाइन्छ। तर त्यसअघिको नेपालको कलाको इतिहासको लिखित अभिलेख वीरलै भेटिन्छन्।

सरकारी बोली र मुलुकको यथार्थ

पुस १६ गते मेरो घरमाआउने पत्रिकाका हेडलाइन सर्सर्ती हेरेँ। कहीँ कतै ‘समृद्ध नेपाल, सुखी नेपाल’ तिर लम्केको केही समाचार छ कि भनेर खोजेँ।त्यसपछि भित्र पल्टाएँ। ३–३वटा, त्यो पनि प्रमुख मानिएका ती पत्रिकामा आशा जगाउने समाचार कहीँ देखिएन। समाचार दिने क्रममा सरकारप्रति पूर्वाग्रह राखेर होच्याउन खोजेको पनि पाइएन। समाचार सही थिए र प्रमाण पनि। पत्रिकाभित्र होस् या अघिल्लो पेजमा,समाचार पढ्दा थाहा हुन्थ्यो कि मुलुक कुन अवस्थामा छ भन्ने।जुन उज्ज्वल भविष्यको संकेत थिएन।

लागुऔषध मुद्दामा युवाकाे संलग्नता बढी

नेपाल प्रहरीले दर्ता र अनुसन्धान गर्ने मुद्दाहरूमा सबभन्दा बढी लागुऔषधसम्बन्धी हुने गरेका छन्। यस्तो मुद्दामा परेकामध्ये ८१.११ प्रतिशत युवा रहेको सीमावर्ती जिल्ला पर्साको तथ्यांकले देखाएको छ। जसले लागुऔषध ओसारपसार, कारोबार तथा खानेमा युवाको संलग्नताबारे समग्र देशकै चित्रण गर्ने सरोकारवाला अधिकारीहरू बताउँछन्।

रेशम चौधरीको सपथले कानुनी राज्यको धज्जी उडायोः नेपाली काँग्रेस

नेपाली काँग्रेसले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीको संघीय संसदकाे प्रतिनिधि सभाको सांसद पदको सपथ ग्रहणप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार ट्विईटरमार्फत चौधरीको सपथ गराएर सरकारले कानूनी राज्यको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन।

वाइड बडी किन्दा चार शीर्षकमा घोटाला

नेपाल वायुसेवा निगलले खरिद गरेको दुइटा वाइड बडी जहाजमा चार शीर्षकमा मोटो रकम घोटाला भएको देखिएको छ। छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चार शीर्षकमा चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको ठहर गरेको हो।

कांग्रेस कार्यसमितिमा चार थपिए

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार जना सदस्य मनोनीत गरेका छन्।

वाइड बडीमा साढे चार अर्ब घोटाला

संसदीय छानबिन उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको ठहर गरेको छ। उपसमितिले घोटालामा संलग्न भएको भन्दै पूर्व दुईसहित बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई कारबाही सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्