चट्याङ लागेर एकजनाको मृत्यु
चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ। शनिबार साँझ वर्षासँगै परेको चट्याङले रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीय कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताए।