२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

देउवाले भने : सरकारसँग याे बजेट कार्यान्वयनको ‘क्यापासिटी’ नै छैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटको आलोचना गरेका छन्।

हिंसाका बछिटा गणतन्त्रका लागि अशुभः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताएका छन्। जागरण अभियानका क्रममा डोटी पुगेका पौडेलले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा गणतन्त्र दिवसको शुभकामना दिँदै गणतन्त्र फेरि जोखिममा परेको बताए।

इदमा सार्वजनिक बिदा दिन माग

नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ। बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन्।

सरकारले लोकतन्त्रमाथि हमला गर्‍योः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्।

‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा फसाउन खोजियो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्। मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिए ।

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्य हुने

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

मिडिया काउन्सिल विधेयकबारे सांसदहरुसँग छलफल, परिमार्जन गर्न सुझाव

नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकबारे मंगलबार बिभिन्न दलबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गरेको छ।  कार्यक्रममा राष्ट्रियसभाका सांसद तथा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गर्न बाँकी रहेको बताए।

अबको ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउँछः सेना, प्रतिवेदन स्वीकृत गर्न निर्देशन

नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ। सेनाका अनुसार अबकाे ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउने छ।

मुस्ताङको लोमान्थांग अब थ्रिजी मोबाइलको पहुँचमा

नेपाल टेलिकमले मुस्ताङको अतिविकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै टेलिकमका कर्मचारीको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो।

राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। केपीशर्मा ओली नेतृत्वको सरकारले जनतालाई सुशासन दिन नसकेको भन्दै नेविसंघ सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको हो।

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो

नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ। कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का केही दिनअघि तोडेको हो। कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरिएको छ। यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको छ।

‘नेपाल–चीनको एउटा सेतु विश्वभाषा कलेज’

त्रिभुवन विश्वविद्यालयअन्तगर्तको एक मात्र भाषा क्याम्पस विश्वभाषा कलेजको निमन्त्रणामा नेपाल भ्रमणमा आएका चीनको सान्सी प्रान्त उपप्रमुख लि सिआओ डोङ नेतृत्वको टोलीले कलेज भ्रमण गरेका छन्।

शशांक भन्छन्ः सरकारले विप्लवलाई आतंककारी भने पनि अन्तिममा मिल्ने देख्छु

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने दावी गरेका छन्। महामन्त्री कोइरालाले नेपाली जनताले बनाएको संविधान फेर्ने नियतका साथ वर्तमान सरकार र चन्द नेतृत्वको नेकपा मिल्ने तर्क गर्दै संविधानको रक्षा गर्न पनि काँग्रेस नेता, कार्यकर्ता एकजुट भएर अघि बढनुको विकल्प नरहेको पनि बताए।

मिडिया काउन्सिल विधेयक संसदीय प्रक्रियाबाट पारित हुन्छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

यस्तो देखियो आजको बन्द(भिडियो)

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव कस्तो पर्यो भन्दै नागरिक न्युजकर्मी दिनेश लुइटेल राजधानीका विभिन्न स्थान पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्