२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ ।

अशिष्ट गतिविधिले गैरआवासीय नेपाली आलोचित

संघको उद्घाटनदेखि मतदान प्रक्रिया पनि अव्यवस्थित र भद्रगोल भएको भन्दै एनआरएनका प्रतिनिधिले दुःख र चिन्ता व्यक्त गरेका छन्।

'रेलले नेपाललाई फाइदा छैन'

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताएका छन्।

सभामुख कांग्रेसले पाउनुपर्छः नेता बस्नेत

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?

आजसम्म मैले देशकाे बिरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन, चाहे त्याे सामाजिक संजाल होस वा कुनै सार्वजनिक मन्च। प्रहरी भ्यानमा मलाई बसाएर लग्दैगर्दा, सोधपुछ गरेर राती रिहा गरिदिन्छौं भनिएको थियो। तर त्यसो गरिएन। मलाई ३ दिनसम्म मानसिक यातना दिएर हिरासतमै राखियो।

राजनीतिमा नैतिकताको संकट देखियोः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

मन्त्रिपरिषद् पुनर्गठन हुने ईश्वर पोखरेलकाे संकेत

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।

चियापानले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउँछः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गाैला किनबेचको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको छ।

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनालाई स्वर्ण

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ। बेलायतको वेल्स, ब्रेकनमा असोज २४ गतेदेखि सुरु भएको तालिममा सेनाबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गको नेतृत्वमा १० जनाको टोली सहभागि भएको थियो।

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति एवं विश्वकै शक्तिशाली नेता सी चिनफिङको नेपाल भ्रमण सफलतापूर्वक भइसकेको छ। चीनबाट २३ वर्षपछि भएको उच्चस्तरीय भ्रमणलाई नेपाल सरकार, सुरक्षा निकाय र आम नागरिकले सफल बनाए। सी को दुई दिने नेपाल भ्रमणका क्रममा सबैभन्दा धेरै चुनौती थियो काठमाडौंको सहज ट्राफिक व्यवस्थापन।

सेनाले बनायो रात्री अवतरण हेलिप्याड

नेपाली सेनाले सिन्धुलीमा रात्री अवतरण हेलिप्याड बनाएको छ। नेपाली सेनाको बर्दबहादुर गणले कमलामाई नगरपालिकास्थित नेपाली सेनाकै ९ नं. बाहिनि अड्डा माझीटारभित्र रात्रि अवतरण हेलिप्याड बनाएर हस्तान्तरण गरेको हो।

चार खेलमा तेस्रो हार

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा बलियो टिम जोर्डनले ३–० ले पराजित भएको हो।

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

‘मेरो’ होइन, ‘हाम्रो’

बिहीबारसम्म चल्ने सम्मेलनका लागि विश्वका विभिन्न देशबाट सहभागी (गैरआवासीय नेपाली)हरू काठमाडौंमा भेला भएका छन्। आफू र आफ्नो परिवारको पालनपोषण तथा सुखसुविधाका लागि अवसर खोजी गर्दै विदेशिएका नेपालीले ती देशमा आर्जन गरेका सीप, अनुभव र रकम मुलुकको उन्नतिका निम्ति लगाउने अवधारणासहित डेढ दशकअघि गैरआवासीय नेपाली संघ(एनआरएनए) को जन्म भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्