२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘माननीयहरुका बारेमा आएका समाचार लज्जाको विषय, कानूनमाथि कोही छैन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए।

फिल्ममा महिलाका कथा

नेपाली फिल्म संस्कृतिको विस्तारका निम्ति थापाथलीस्थित मार्टिन चौतारीमा ‘लघु चलचित्र प्रर्दशन तथा छलफल’ नामक कार्यक्रमको आयोजना गरिएको छ।

नेपाल-बंगलादेशबीच व्यापार बैठक काठमाडौं सुरु

नेपाल-बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौ‌मा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ।

केरुङमा नेपाली हस्तकला प्रदर्शन

नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ।

अपराधको राजनीति

नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलम यतिखेर १२ वर्षअगाडि रौतहटको राजपुरमा भएको क्रूर, पाशविक र अकल्पनीय घटनाकोदोषी भई प्रहरी थुनामा छन्। आलमसँग नयाँ बानेश्वरस्थित उनको डेराअगाडि प्रातःभ्रमण गर्दा केही दिनअगाडि मेरो भेट भएको थियो। उनी बढो ढुक्क थिए। उनले कांग्रेस पार्टीलाई नयाँ ढंगले कसरी उठाउन सकिन्छ भनी मसँग भलाकुसारी गरे।

मैले देखेको एनआरएनए

गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनाव भर्खरै सकिएको छ। ८० लाखभन्दा बढी नेपाल बाहिर रहे तापनि करिब ३ हजारले मात्रै चुनावमा भाग लिई एनआरएनएको प्रतिनिधित्व गरे।

भ्रमण वर्ष प्रवर्द्धन गर्न सुकी नेपाल आउने

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न म्यानमारको स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आउने भएकी छन्।

नेपाली कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण प्रशिक्षण

नेपाल सरकारका १८ कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिइएको छ।

नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने, राष्ट्रपतिले भनिन्ः जापान नेपालको असल मित्र

जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्। राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपाल र  नेपालीलाई दुःख पीडामा असल र भरपर्दो मित्रका रुपमा मलम लगाएको उल्लेख गरिन्। उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

नेपाल टेलिकमले कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ। पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने छ।

नेपाल भ्रमण वर्ष सफल पार्न सघाउने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ। सोमबार बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा छलफल भएको थियो।

चिनियाँ अभिनेत्री नेपाल भ्रमण वर्षको सद्भावना दूत

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गरेका थिए।

थापाको आत्मकथा आउने

मेरो मृत्युपछि मेरो शवलाई एन्फा कम्प्लेक्स अथवा रंगशालामा राखेर जग हँसाउने काम नगरियोस्। यसो गरिएमा मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवम् एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वउपाध्यक्ष गणेश थापाले भावुक हँुदै आइतबार यस्तो प्रतिक्रिया दिए।

क्यानद्वारा विभिन्न समिति गठन, पारस खड्काको राजीनामाबारे कुनै निर्णय भएन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्