५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ।

एमालेको विरोधपछि आज पनि राष्ट्रियसभा अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। आज दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए।

राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ।

मिटर ब्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित

संघीय संसद्को दुवै सदनबाट मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न लागिएको छ। मिटर ब्याजसम्बन्धी सरकारले ल्याएको अध्यादेशलाई दुवै सदनले स्वीकृत गरेपछि प्रतिस्थापन विधेयक बनाइएको हो।

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको वार्ता

प्रधानमन्त्री पुष्पकमलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन्।

राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ।

अर्थमन्त्री महतले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै छन्।

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ। आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

राष्ट्रियसभामा सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ।

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ।

रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिँदै आएको बताएका छन्।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ। रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनासहितको टोली औपचारिक भ्रमणका क्रममा रुस प्रस्थान गरेको हो।

राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न हुने नीतिगत निर्णय गर्न राष्ट्रियसभामा माग

राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न हुनेगरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन्।

‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले ‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न सरकारसँग माग गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्