२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनी

नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ ।

राष्ट्रपति भण्डारी बैंकक प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार श्रीलंकाको चार दिने भ्रमणका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान अर्थमन्त्री कृष्णबहादुर महरालगायतले उनलाई विदाई गरे।

अर्ब क्लबमा नयाँ बैंक थपिए

नौ महिनाको अवधिमा एक अर्बभन्दा बढी नाफा आर्जन गर्ने बैंकको संख्या थपिएको छ। हालसम्म सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार प्रभु, एनआइसी एसिया र माछापुच्छे बैंक अर्बभन्दा बढी नाफा कमाउनेको सूचीमा उक्लिएका छन्। गत वर्ष यी तीनै बैंकले अर्बभन्दा कम नाफा कमाएका थिए।

बुटवलमा ओम डेभलपमेन्ट बैंक

ओम डेभलपमेन्ट बैंकले बुटवलमा ३१औ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रह्माकुमारी विश्वविद्यालय पश्चिमाञ्चलकी सहनिर्देशक ब्रह्माकुमारी कमलाले संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

बैंकहरुले नाफा बढाए

चालु अर्थिक वर्षको नौ महिनामा अधिकांश बैंकको नाफा बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन्। पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीले नाफा बढेको हो।

अार्थिक वृद्धि उकासिने भएपछि विश्व बैंकमा नेपालको प्रशंसा

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ। बिहीबार संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए।

धमाधम बचतको ब्याज बढाउँदै बैंक

मुद्दती निक्षेपमा मात्र बढी ब्याज दिइरहेका बैंकहरुले पछिल्लो समय बचत खाताको ब्याज पनि बढाउन थालेका छन्। पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुले बचत खातामा उच्च ब्याज दिएर निक्षेप तान्ने होडबाजीमा उत्रेका छन्।

बैंककमा अाेलीको अपरेसन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्डमा हर्नियाको शल्यक्रिया भएको छ। बैंककस्थित समितिभेज अस्पतालमा बुधबार उनको सफल शल्यक्रिया गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।

भलिबल लिगलाई वाणिज्य बैंकको साथ

तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबललाई राष्ट्रिय वाणिज्य बंैकले मुख्य प्रायोजन गर्ने भएको छ।

कृषि विकास बैंकका ४० पदमा ३२ सयको भिडन्त

कृषि विकास बैंकमा ४० पदका लागि तीन हजार दुई सयजनाको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने समय बाँकी रहेकाले अझै त्यो संख्या बढ्ने अनुमान गरिएको छ।

सुतेकै अवस्थामा बैंक सुरक्षागार्डकाे मृत्यु

सदरमुकाम गाईघाटस्थित लक्ष्मी बैंक शाखामा कार्यरत एक सुरक्षा गार्डको सुतेकै अवस्थामा आइतबार विहान मृत्यु भएको छ । रात्रिकालीन ड्युटीमा रहेका जिल्लाको साविक बाँसबोटे गाविस ८ हाल सुनकोसी गाउँपािलका १ का ४६ वर्षीय बलबहादुर राई बैंककै सुत्ने कोठामा बिहान मृत फेला परेका हुन् ।

एनआइसी एसिया बैंकले व्यवस्था गर्यो निशुल्क बैंक खाता

भर्खरै सदरमुकाम गमगढीमा स्थापना भएको एनआईसी एसिया बैंकले सर्वसाधारण मजदुरहरुको शुन्य मौज्दातमा निशुल्क रुपमा बैक खाता खोल्ने व्यवस्था मिलाएको छ ।

छहरामा त्रिवेणी विकास बैंकको शाखा

त्रिवेणी विकास बैंकले रैनादेवी छहरा गाउँपालिका केन्द्रको रुपमा रहेको छहरामा शाखा विस्तार गरेको छ ।  शाखाको उद्घाटन गर्दै बैंकका संस्थापक अध्यक्ष लङ्कबहादुर केसीले ग्रामिण क्षेत्रमा काम गर्ने किसानहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्