२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिसिडी रेसियो नघाउने बैंकलाई ७ प्रतिशत जरिवाना

मुलुकको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले ऋण–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाए सात प्रतिशत हर्जाना भराउने व्यवस्था गरेको छ। राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपालले गत फागुन १० मा चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ६ वाणिज्य बैंकको सिसिडी रेसियो नाघेकाले कारबाही गर्ने तयारी गरेको बताएका थिए।

उपचार गराउन भरतमोहन बैंकक गए

आन्द्रामा समस्या देखिएपछि एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेका छन्। अधिकारीको बैंककस्थित भेजथानी अस्पतालमा उपचार हुनेछ।

उत्कृष्ट फोटो पत्रकारलाई मेगा बैंकको साथ

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आयोजना गर्न लागेको फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ का लागि उत्कृष्ट फोटो पत्रकार अवार्डको प्रायोजन मेगा बैंकले गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा बुधबार एनफपिजेका अध्यक्ष ध्रुव आले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले हस्ताक्षर गरेका छन्।

बिमाबाट ऋण लिँदै बैंकको ब्याज खाँदै

बिमा कम्पनीको कर्जाको ब्याजदर भन्दा बैंकले दिने निक्षेपको ब्याजदर बढी भएपछि बिमितहरुले बिमालेख धितो राखेर बिमा कम्पनीबाट ऋण लिँदै धमाधम बढी ब्याज आउने बैंकमा जम्मा गर्न थालेका छन्।

नेपाललार्इ विश्व बैंकले दश अर्ब डलर ऋण दिने

विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

मेगा बैंक र म्याक्स मिडिया विजयी

मेगा बैंक र म्याक्स मिडियाले बिहीबार राजधानीमा जारी कर्पोरेट क्यासमा जित हात पारेका छन्। समूह 'बी' अन्तर्गतको खेलमा मेगा बैंकले सिटिजन्स बैंकलाई ३७ रनले पराजित गरेको हो।

कर्जाको ब्याज फेरि बढाउँदै बैंक

दुई साताअघिमात्र नेपाल राष्ट्र बैकको निर्देशनपछि कर्जामा ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले अघिल्लोपटक ब्याज बढाएको एक महिना हुँदानहुँदै फेरि कर्जाको ब्याज बढाउन थालेका छन्।

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइने

नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

बैंक व्याज बढेपछि सवारी आयात घट्दै

सवारी साधन आयातको ट्रेण्डलाई हेर्ने हो भने जेठ,असार, माघ र फागुन तुलनात्मक रुपमा धेरै आयात हुने महिना हुन। आयातकर्ताका अनुसार पौष महिनामा डिसेम्बर र जनवरी पर्ने भएकाले तुलनात्मक रुपमा भारतबाट सवारी निर्यात कम हुन्छ र नेपाल तर्फ आयात घट्छ।

बैंकको कर्जाअनुसार निक्षेप वृद्धि हुन सकेन

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म)को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सबै वाणिज्य बैंकले लगानीयोग्य पुँजीको अभावका बाबजुद पनि मुनाफा वृद्धि गरेका छन्। आर्थिक विश्लेषकहरुले लगानीयोग्य पुँजी अभावको असर बैंकहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा देखिन सक्ने अनुमान गरे पनि बैंकहरुको वित्तीय विवरणमा त्यस्तो असर देखिएको छैैन।

एटीएम मेसिनबाट बैंक कर्मचारीले चोरेकाे २३ लाख परालको कुन्युमुनि फेला

धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट चोरी भएको २३ लाख ४४ हजार पैसा प्रहरीले बरामद गरेको छ। बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले एटिएम मेशिनबाट पैसा लगेर लुकाएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले बताए।

नेपाली बैंकमा विदेशीलाई जागिर निषेध

नेपाल राष्ट्र बैंकले विदेशी लगानी नभएका बैंक तथा वित्तीय संस्थामा विदेशी नागरिकलाई जागिर दिन पूर्ण रुपमा रोक लगाएको छ। नेपालमा रहेका विदेशी लगानीमा स्थापित बैंक तथा वित्तीय संस्थाले राख्न पाउने विदेशी कर्मचारी संख्याको सीमा तोक्दै आइतबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार त्यस्ता संस्थाले बढीमा सातजनासम्म विदेशी कर्मचारी राख्न पाउने छन्।

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब

नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ।

नबिल बैंकको एटीएम कार्ड २४ घण्टासम्म नचल्ने

बैंकिङ सेवा प्रदायक कम्पनी नबिल बैंक लिमिटेडले आइतबार बेलुकादेखि २४ घण्टाका लागि आफ्नो एटीएम तथा पिओएस सेवा अबरुद्ध हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्