२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml

क्वारेन्टाइनमा बस्दै आएका घर फर्कन शुरु

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा क्वारेन्टाइनमा बस्दै आएका आठ मजदुर घर फर्किएका छन्।

चन्दका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान

नेत्रविक्रम चन्द नेतृत्व समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ। मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ।

खुकुरी प्रहारले गम्भीर घाइते

भोजपुर नगरपालिका–११ आम्तेकमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा आफ्नै बाबु ५५ वर्षीय रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

पहिरोमा परी एकको मृत्यु

साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ। शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भोजपुरमा पनि भेटियो फौजिकिरा

मकै खेतिका लागि निकै घातक मानिएको फौजी किराको प्रकोप भोजपुरमा देखिएको छ। भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको हो।

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

भोजपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। हतुवागढी गाउँपालिका–२ का रामकुमार (नाम परिवर्तित)ले आमचोक गाउँपालिका–६ देवानटारकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

कोट र टाइ नलगाएको भन्दै प्रिन्सिपलबाट शिक्षक कुटिए

भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन्।

यसरी मारिएका थिए भोजपुरमा प्रहरीसहित विप्लव कार्यकर्ता

भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ।

आइजीपी खनालले भोजुपर घटनाबारे राज्य व्यवस्था समितिमा जानकारी गराए

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन्।

भोजपुरमा २२ महिने छोराको घाँटी छिनाएर हत्या

भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा एक आमाले आफ्नै अवोध छोरालाई खुकुरीले दुई टुक्रा पारेर हत्या गरेकी छन्।

विराजको ‘साङ्लो’मा निकिता

एक समय नेपाली फिल्मका व्यस्त नायक विराज भट्ट केही समय भोजपुरी फिल्ममा छाए। तीन वर्ष अघि फिल्म ‘जय पर्शुराम’बाट नेपाली फिल्ममा विराजले कमव्याक गरे पनि त्यो कमब्याक सफल कमब्याक हुन सकेन। त्यसयता नेपाली फिल्ममा खासै सक्रिय नभएका विराज अब दर्शकमाझ निर्देशकका रूपमा ‘डेब्यू’ गर्दैछन्।

अझै बनेन भोजपुरमा अस्पताल, भुइँमै राखेर उपचार

सम्झौताअनुसार एक वर्षअघि नै सकिनुपर्ने ५० शैयाको भवन निर्माणको काम अहिलेसम्म ९० प्रतिशत त सकियो तर, पूर्णत पाउने ठेगान छैन। १० करोडमा ठेक्का सम्झौता भएको भवनको जिम्मा डाँफे सिद्धबाबा सगरमाथा जेभीले लिएको थियो। तर, ठेकेदार कम्पनीको लापरवाहीले एक वर्षअघि सकिनुपर्ने भवन अझै अधुरो छ।

भोजपुरमा रातो हाब्रेको छाला सहित हतियार बरामद

जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो।

रेडपाण्डाको छालासहित भरुवा भन्दुक बरामद

भोजपुरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छालासहित अवैध रुपमा लुकाएर राखिएका भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। टेम्केमैयुम गाउँपालिका २ छिनामखुको रुमलाका निरकुमार भुजेलको घर खानतलाशी गर्दा बन्यजन्तुको छालासहित भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्