२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रुसद्वारा युक्रेनका जहाजमाथि कब्जा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ।

रुसी विपक्षी नेतालाई देश छोड्न प्रतिबन्ध

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । क्रेमलिन आलोचक नाभाल्नीलाई मंगलबार देश छोडेर जानमा रोक लगाइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

च्याम्पियन्स लिगः बोरुसिया डर्टमण्डसँग एथ्लेटिको मड्रिडको फराकिलो हार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘ए’ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले हराएको छ।

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन्। रुस र चीनका साझा चासोका विषयहरूको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरूको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन्।

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

रुसकाे राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन्।

भारत र रुसबीच हतियार खरिद सहित अन्य अाठ बुँदामा सहमती

भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एस–४०० मिसाइल डिफेन्स सिस्टम सहित अन्य आठ बुँदे सहमती भएको छ।

रुसी विमानमाथि आक्रमण, १५ जनाको मृत्यु

रुसी जासुसी विमानलाई सिरियामा क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खसालिएको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ।

पुटिनका आलोचक नाभाल्नीलाई जेल सजाय

रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ।

नेपालका लागि रुसी राजदूतको निधन

नेपालका लागि रुसी महासंघका राजदूत आन्द्रेइ सर्गीभिच बुड्निकको निधन भएको छ। विदा मनाउन मस्को गएका बेला हृदयघातका कारण उनको गएको शुक्रवार निधन भएको हो। उनी ६५ वर्षका थिए।

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन्।

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

भारत निकासी गर्न लागिएका २५ वटा गोरुसहित गोरु बोकेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानसेनापति क्षत्रीले गरे पूर्व प्रधानसेनापतिहरुसँग छलफल

नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले बुधबार नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु र पूर्व रथीवृन्दसँग भेटघाट गरेका छन्।

बेलारुसका राष्ट्रपति भेट्ने म्याराडोनाको चाहना

आइतबार सम्पन्न विश्वकपको व्यस्तता सकेपछि १९८६ को विश्वकप विजेता अर्जेन्टिनी सुपरस्टार डिएगो म्याराडोना रंगीन करियरमा नयाँ चुनौती स्विकार्न सोमबार बेलारुस पुगेका छन्।

रुस विश्वकप इतिहासकै उत्कृष्ट– इन्फान्टिनो

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकपलाई इतिहासकै ‘उत्कृष्ट’ भन्दै शुक्रबार रुसी सरकार र त्यहाका जनतालाई धन्यवाद दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्