२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

रुसी थिएटरमा ‘हिचकी’

मुम्बई – गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ ।

गत जुन १६ मा चीनमा भएको ‘संघाई इन्टरनेशनल फिल्म फेस्टिभल’मा यो फिल्मको विशेष प्रदर्शनपछि चिनियाँ दर्शकले फिल्मलाई निकै रुचाएका थिए । चिनियाँ दर्शकले रुचाएको ‘हिच्की’लाई अब रुसमा पनि देखाइने भएको छ।

समाचार अनुसार शिक्षक दिवसको मौका पारेर यो फिल्म रुसमा विशेष प्रदर्शन गरिनेछ । ‘या प्रेपोड’ अर्थात ‘आइ टिचर’ नाम दिएर फिल्म रुसका ७० थिएटरमा प्रदर्शन हुनेछ ।फिल्मका निर्देशक सिद्धार्थ मल्होत्राले फिल्मलाई रुसी भाषामा सब टाइटल गरेर प्रदर्शन गरिने जानकारी दिएका छन् । निर्माता मनीष शर्माले पनि रुसमा फिल्म प्रदर्शन हुने खबर सुन्दा खुशी लागेको बताउँदै आफ्नो फिल्म हरेक देश, उमेर र वर्गका लागि बनेको दाबी गरे।

फिल्ममा प्रमुख पात्र रानी टोरेट सिन्ड्रोम नामक बिरामीबाट पीडित शिक्षिका हुन्छिन् । फिल्ममा रानीसहित अन्य धेरै बालकलाकारहरु छन् । एउटा शिक्षकले विद्यार्थीको जीवनमा ल्याएको बदलावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
 

प्रकाशित: ३ श्रावण २०७५ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App