२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसकाे चेतावनी

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

डिपिएलका खेल आजबाट

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका खेल सोमबारबाट सुरु हुँदैछ। वर्षाले मैदान हिलाम्मे भएकाले खेल दुई दिन पछि सारिएको हो। वर्षाका कारण खेल दुई दिन पछि सारिए पनि पूर्वनिर्धारित मितिमै शनिबार डिपिएल तेस्रो संस्करणको एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको थियो। सोमबार बिहान ९ बजे पहिलो खेल धनगढी स्टार्स र  काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल हुनेछ।

धनगढी प्रिमियर लिगको उद्घाटन

रुस्लान धनगढी प्रिमियर लिग प्रतियोगिताको तेस्रो संस्करणको औपाचिरक रूपमा शनिबार उद्घाटन गरिएको छ । वर्षाका कारण दुई दिनपछि खेल सारिए पनि पूर्वनिर्धारित मितिमा नै शनिबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।

अमेरिकालाई चुनाैती दिन रुसले नयाँ क्षेप्यास्त्र प्रणाली विकास गर्ने

ऐतिहासिक आणविक हतियार नियन्त्रण सन्धिबाट संयुक्त राज्य अमेरिका बाहिरिने भएपछि त्यसको प्रतिक्रियास्वरुप रुसले सन् २०२१ अघि नै जमिन आधारित दुई नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको विकास गर्ने मस्कोले मंगलबार जनाएको छ।

अमेरिकापछि रुस पनि आणविक सन्धिबाट बाहिरियो

संयुक्त राज्य अमेरिकाको बाटो पछ्याउँदै रुसले पनि मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटी (आइएनएफ)’ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको छ।

‘रुस र चीनको आणविक कार्यक्रम अपारदर्शी’

संयुक्त राज्य अमेरिकाले रुस र चीनको आणविक कार्यक्रम अपारदर्शी भएकाले ती कार्यक्रमलाई पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई पूर्ण पालना नगर्ने हो भने आफू पनि आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी पनि दिएको छ।

पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र अलराउन्डर शरद भेषावकरलाई मंगलबार रुस्लानले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

फाल्गुनन्द गोल्डकप : उपाधि होडमा आर्मी र झापा

प्रतियोगितामा निक्कै दर्बिला मानिएका विभागिय टिम त्रिभुवन आर्मी क्लब र झापा–११ दशौँ रुस्लान फाल्गुनन्द गोल्डकपको फाइनलमा आम्नेसामुन्ने हुँदैछन्। दुबै टिमले एक–अर्कालाई कमजोर आकेका त छैनन् तर जित जसरी हासिल गर्ने भन्ने रणनीतिमा लागेका जुटेका छन्। झापाका खेलाडीलाई खेलमैदानको राम्रो अनुभव छ भने आर्मीका युवा खेलाडीहरुमा स्टामिना देखिन्छ।

अमेरिकी राष्ट्रपतिसँग छलफल गर्न तयार छाैं : राष्ट्रपति पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख मुद्दाहरुका विषयमा आफु छलफल गर्न तयार रहेको बताएका छन्।

‘रुस र बेलायतबीच जनवरीबाट कूटनीतिज्ञ आदानप्रदान’

बेलायत र रुसबीच लामो समयदेखि जारी कूटनीतिक तिक्तता अन्त्य हुने भएको छ। मस्को र लन्डनबीच आ–आफ्ना दूतावासमा केही कर्मचारीलाई खटाउने सहमति भएसँगै दुई देशबीच जारी कूटनीतिक समस्या हल हुने भएको हो। सन् २०१८ को सुरुवातमा बेलायत र रुसले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेपछि दुई देशबीचको कूटनीतिक समस्या चरम उत्कर्षमा पुगेको थियो।

रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा ल्याएको छ। द वल्र्ड्स क्लियरेष्ट भोड्का भनिएको उक्त भोड्का रसियाको सर्वश्रेष्ठ शुद्धिकरण प्रविधि र उच्च स्पष्टताका लागि बहु–डिस्टिलेशन प्रक्रियामार्पmत भोड्का तयार भएको दाबी कम्पनीको छ।

रुसका एक प्रहरीले गरे ५६ जनाको हत्या

रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ। यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा उनलार्इ जन्म कैदको सजाय सुनाइसकिएको छ।

‘ए’ डिभिजन लिग : थ्री स्टारको जितमा रन्जन नायक

रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले पराजित गरेको छ।

एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा

फ्रान्सेली क्लब मोनाकोलाई २–० ले पराजित गर्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

युक्रेनी जहाज रुसी कब्जामा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्