लोकमानविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्यो, समितिमा आउलान् कार्की?
सर्वोच्च अदालतबाट अयोग्य ठहर भएको अख्तियारका पूर्व प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढ्ने भएको छ। बुधबार बसेको महाभियोग सिफारिस समितिले थप अनुसन्धान गर्न उपसमिति गठन गरेको छ।