४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

भदौ १२ गतेदेखि डाक्टर केसीले सत्याग्रह सुरु गर्ने घोषणा

डा.केसीले विभिन्न ६ बुँदे माग सरकार समक्ष अघि सारेका छन्। स्वास्थ्य सेवामा सुधारको लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको दबरन्दी तत्काल हालको बेड संख्या अुनसार बढाउन माग गरेका छन्। जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नती र गुणस्तर वृद्धि सुनिश्चित गर्न पनि डा.केसीको माग छ।

अब न्यायाधीश पुनर्नियुक्तिका लागि तयार हुने कि ?

नियुक्ति, भागबण्डा र न्यायसम्पादनमा देखिएका विकृति र विसंगतिले न्यायालय थिलोथिलो बनेको अवस्थामा पुनर्नियुक्तिको बाटो खोलिने गरी हिम्मतका साथ सुधारका लागि नेतृत्व लिन ढिला भइसकेको छ । अब सानातिना सुधारले न्यायालय सुध्रिने अवस्था छैन। त्यसैले न्यायाधीशको पुनर्नियुक्ति जस्तो मुख्य शल्यक्रिया नै अबको विकल्प हो।

वीपी प्रतिष्ठान आइपुगे डाक्टर गोविन्द केसी, २ बजे पत्रकार सम्मेलन

उनी अहिले प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिसँग आन्तरिक छलफलमा छन्। दिउँसो २ बजे पत्रकार सम्मेलन गरिएको र डाक्टर केसीले सम्बोधन गर्ने जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डाक्टर पदम नेपालीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्