२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यालयहरुमा स्वास्थ्य शिविर

स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका विभिन्न विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

थोरै तलबमा काम गर्दै स्वयंसेवक शिक्षक

सरकारले पारिश्रमिकका लागि न्युनतम मापदण्ड लागु गरेको भए पनि यहाँका स्थानीय तहले आपूm अनुकुल शिक्षकको तलब दिने गरेका छन्। तलबमा एकरूपता नहुनु र उचित पारिश्रमिकको व्यवस्था नहुँदा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तरमा प्रभाव परेको स्वयंम शिक्षकहरूकै भनाइ छ।

भागरथी हत्या प्रकरण: न्यायका लागि गरिएको विरोध प्रदर्शनमा सहभागी थिए आरोपी

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

बैतडी जिप दुर्घटना: भारतबाट पेन्सन लिएर फर्किंदै गरेका ५ जनाको मृत्यु (नामावली)

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बैतडी बस दुर्घटनामा आफन्त गुमाएका यात्रुको वेदना: जीवनमा कहिले निको नहुने घाउ बन्यो

यसपालिको तिहार माइती घर बेलौरी कञ्चनपुरमा मनाउने ठूलो उत्साहका साथ श्रीमान र दुई वर्षीय छोरासहित बसमा चढेकी दोगडाकेदार गाउँपालिका–६ की बिमला कुँवर धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारमा छिन्। उनलाई अझै आफ्ना श्रीमान करनसिंह ऐरले यो संसार छोडेको थाहा छैन। आफन्तले बस दुर्घटनामा श्रीमानको मृत्यु भइसकेको जानकारी दिन सकेका छैनन्।

बैतडी बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत

तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्।

बैतडीमा १ अर्ब ८ करोड बजेट फ्रिज

बैतडीमा आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ८ करोड बढी बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारको चालुगत र पूँजिगत १ अर्ब, ८ करोड ४६ लाख १६ हजार ८ सय १९ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका प्रमुख सिद्धराज ओझाले जानकारी दिए ।

बैतडीमा ६३ जना संक्रमित थपिए

बैतडीमा आज ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

बैतडीमा एक सय योजनालाई निर्माणको अनुमति

लकडाउनमा जिल्लामा रोकिएका विकास निर्माणका आयोजना अघि बढ्ने भएका छन्। सावधानी अपनाएर निर्माण कार्य अघि बढाउने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेपछि विकास निर्माणका काम सञ्चालन हुन थालेका हुन्।

बैतडीमा गहुँ उत्पादनमा कमी आउने

बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्‍याएको तथा पहेलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्‍याएकाले गहुँ उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

बैतडीमा एसइई परीक्षाको तयारी पूरा

बैतडीमा एसइई परीक्षाको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। इकाइका सूचना अधिकारी पुष्कर शर्माका अनुसार २६ वटै केन्द्रमा केन्द्राध्यक्ष तोकि सकेको र अन्य तयारी पनि पूरा भएको छ। जिल्लामा नियमित तर्फ छात्र २ हजार पाँच सय ५३ र छात्रा २ हजार ६ सय ४५ गरेर ५ हजार एक सय ९८ परीक्षार्थी सहभागी हुँदैछन्।

बैतडीमा हिमपात, विद्युत सेवा अवरुद्ध

मौसममा बदलीसँगै बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरी हिमपात भएको हो।

बैतडीमा छैन भ्रमण वर्षको तयारी

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० केही दिन बाँकी रहँदा बैतडीमा कुनै गतिविधि नै भएका छैनन्। पर्यटकीय रुपमा रमणीय र धार्मिक पर्यटनको प्रचुर सम्भावना भए पनि सरकारी तवरबाट भ्रमण वर्षको कुनै तयारी नभएको हो।

पाटन विमानस्थल कालोपत्रे हुन सकेन

म्याद सकिएको १६ महिना बित्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे हुन सकेको छैन। २०७५ को असारमै कालोपत्र गरिसक्ने गरी निर्माण कार्य भए पनि डेढ वर्ष हुनै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्